• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार खेलकुद

जमैका सेमिफाइनलबाटै बाहिरियो

प्रतीक दैनिक by प्रतीक दैनिक
September 9, 2020
in खेलकुद
0 0
0
0
SHARES
2
VIEWS
Share on Facebook


काठमाडौं, २४ भदौ/रासस
    अन्ततः पुरानै गल्ती दोहो–याएपछि सन्दीप लामिछाने सम्मिलित जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सिपिएल)को सेमिफाइनलबाटै बाहिरिएको छ। जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै फाइनलमा प्रवेश गरेको छ।
    मङ्गलवार राति सम्पन्न सेमिफाइनलमा नाइट राइडर्सले जमैकालाई नौ विकेटले पराजित गरी फाइनलका लागि स्थान बनाएको हो। नाइट राइडर्स सिपिएलको उपाधिको हकदार टोली हो। उसले जमैकासित भएको खेलमा पनि त्यही कुरा सिद्ध ग–यो। समूह चरणका १० वटै खेल जितेर शीर्ष स्थान बनाएको नाइट राइडर्सको खेल जित्ने आधार ब्याटिङ हो तर जमैकासित भएको सेमिफाइनलमा नाइट राइडर्सले बलिङ पनि उत्तिक्कै राम्रो ग–यो।
    टस जितेपछि नाइट राइडर्सले फिल्डिङ रोज्यो। जमैकाले खाता नै खोल्न नपाउँदै विकेट गुमायो। जेर्मिन ब्ल्याकउडलाई नाइट राइडर्सका अकिल हुसैनले बोल्ड गरे। जमैकाले दुर्ई रन जोड्दा उसका भरपर्दा खेलाडी ग्लेन फिलिप्सलाई खेइरे पियरेले अलि खानद्वारा क्याच आउट गराए। जमैकाको विकेट पतनको क्रम यतिमैं रोकिएन। टोलीको स्कोर १० रन छँदा उसले तेस्रो विकेट गुमायो। मुजिबर्रहमान रन नै नबनाई पेवेलियन फर्के। उनलाई अकिल हुसैनले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए। जमैकाले पाँचौं ओभरमा चौथो विकेट गुमायो। नाइट राइसर्डका अकिल हुसैनले नै व्यक्तिगत दोस्रो विकेट लिंदै आसिफ अलीलाई चार रनमैं केरोन पोलार्डको हातबाट क्याच आउट गराए।
    जमैकाका लागि नक्रूम बोनरले पाली सम्हाल्ने प्रयास गरे। उनले ४२ बल खेल्दै पाँच चौकाको मतदतमा सर्वाधिक ४१ रनको योगदान दिए। जमैकाको स्कोर ६३ रन छँदा उनी आउट भए। लगत्तै भरपर्दा खेलाडी आन्द्रे रसेल पनि पेवेलियन फर्के। उनले पाँच बल खेल्दै मात्र दुर्ई रन बनाए। रसेललाई सुनील नराइनेले ड्वाने ब्राभोको हातबाट क्याच आउट गराए। त्यसपछि केही बेर जमैकाको पाली कप्तान रोभमन पावेलले सम्हाले। उनले एक छक्का र एक चौकाको मदतले ३५ बलमा ३३ रन बनाए। उनलाई खेइरे पियरेले जमैकाको स्कोर ९३ रन छँदा पेवेलियन फर्काए। जमैकाले सात विकेटको क्षतिमा १०७ रन मात्र बनाउन सक्यो।
    बलिङतर्फ नाइट राइडर्सका लागि अकिल हुसैनले तीन, खेइरे पियरेले दुर्ई तथा सुनील नराइने र फवाद अहमदले एक–एक विकेट लिए।

Previous Post

धेरै भ्रम छाँटिंदै छ

Next Post

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्रीको आग्रह

Next Post
स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्रीको आग्रह

स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न मुख्यमन्त्रीको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.