प्रस, वीरगंज, २६ जेठ/
सखुवाप्रसौनी गाउँपालिका–१ स्थित जमुनिया खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा उत्खनन गरी लैजाँदै गरेका दुईवटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार बिहान जमुनिया खोलाबाट गिट्टी र बालुवा लोड गरी अनधिकृतरूपमा निकासी गर्ने क्रममा ती ट्याक्टरहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार गिट्टी लोड गरिएको प्रदेश २–०३–००१ त १५७ नम्बरको ट्याक्टर र बालुवा लोड गरिएको प्रदेश २–०३–००१ च १२९२ नम्बरको ट्याक्टरलाई इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले नियन्त्रणमा लिएको हो ।

