• About
  • Advertise
  • Careers
  • Contact
Tuesday, November 11, 2025
23 °c
Birgunj
20 ° Wed
20 ° Thu
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

चैते धानखेती गरेका किसानहरू मल अभाव झेल्दै

प्रतीक दैनिक by प्रतीक दैनिक
May 8, 2025
in प्रमुख समाचार
0 0
0
चैते धानखेती गरेका किसानहरू मल अभाव झेल्दै
0
SHARES
1
VIEWS
Share on Facebook

बलिराम शुक्ल, बिरुवागुठी, २४ वैशाख/

कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजले समयमा युरिया मल वितरण नगर्दा चैते धानखेती गरेका पर्सेली किसानहरू मलको समस्या झेलिरहेका छन् ।

पर्साको गण्डक नहरदेखि उत्तर थरुहट क्षेत्रका किसानहरूले चैते धानखेती गरेका छन् । धान रोपेको २१ दिनपछि उनीहरूलाई मलको आवश्यकता पर्छ । धानखेती गर्दा र त्यसको २१ दिनपछि युरिया मल आवश्यक हुन्छ तर किसानलाई आवश्यकता परेको बखत मलको आधिकारिक विक्रेता कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनीमा मलको अभाव हुने गर्छ । कुनै पनि बालीको बखत आवश्यक मल पाइन्न र अहिले पनि थरुहट क्षेत्रका किसानहरू यही नियति भोग्दैछन् । यहाँका किसानहरू आवश्यक परेको बखत सीमावर्ती क्षेत्र भारतीय बजारबाट महँगो मूल्यमा मल खरीद गरेर आवश्यकता पूर्ति गर्दै आएका छन् र अहिले पनि यही गरिरहेका छन् ।

कृषि सामग्री र साल्ट ट्रेडिङमा मल अभाव भएकाले सहकारी संस्थालाई वितरण गरिएको छैन । अहिले सहकारीहरूले मल अभाव देखाउँदै आएका छन् । केही व्यापारीहरूले पुरानो सञ्चित र भारतबाट अवैधरूपमा ल्याएर भण्डारण गरेको मललाई महँगो मूल्यमा वितरण गरिरहेका छन् । स्थानीय पालिकाहरू भने यस्तो कार्य हुँदा पनि चुपचाप छन् ।

चुनावको बखतमा मात्र किसानहरूको बारेमा बोल्ने नेताहरू अहिले मलको अभाव झेल्दै गरेका किसानहरूको बारेमा चुप लागेर बसेका छन् । किसानहरूलाई सहज मल प्राप्तिका लागि पनि जनप्रतिनिधिहरूको पहल देखिएको छैन । सहुलियतमा मल उपलब्ध गराउने उनीहरूको वाचा झूटा साबित हुँदैछ । जनप्रतिनिधिहरूले पालिकाहरूमा आउने मलबारेमा चासो देखाउँदैनन् । सहकारीमा आउँदा उनीहरूले आफन्तहरूकै बढी सिफारिश गर्छन् । आम किसानहरूको हकमा बोल्दै बोल्दैनन् ।

पर्सागढी नपा–३ का किसान लालबहादुर बस्नेतले मल नपाएको गुनासो गरे । उनले अहिले आकाशे वर्षा भएको र चैते धानखेती गरेका किसानहरूलाई मलको आवश्यकता भएकोमा मल अभाव हुँदा समस्या भएको बताए । उनले भारतीय बजारबाट चर्काे मूल्यमा मल खरीद गरेर किसानहरूले खेतमा छरिरहेको बताए । किसान बस्नेतले यस वर्ष वर्षा समयमा भएर सिंचाइ राम्रो भएपनि मल अभावमा चैते धान बिग्रने हो कि भनी चिन्ता जाहेर गरे ।

कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजका प्रवक्ता पुरुषोत्तम सिंहले वैशाख १९ गतेसम्म वीरगंजमा युरिया मल ४५३९.५५० मेट्रिक टन अल्या र ४२४५.३५० मेटन मौज्दातमा रहेको बताए । यसैगरी, डिएपी ५८०४.७५० अल्या र ५६१२.१५० मेटन मौज्दात रहेको बताएका छन् ।

Previous Post

खुला सीमामा भारतीय सुरक्षाकर्मीद्वारा कडाइ

Next Post

Johnny Depp Jokes About Assassinating Trump, Then Apologizes

Next Post

Johnny Depp Jokes About Assassinating Trump, Then Apologizes

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.