• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वान्त सुखाय

चकुचन्ना, ठकरा र चोरी दिवस

प्रतीक दैनिक by प्रतीक दैनिक
August 21, 2020
in स्वान्त सुखाय
0 0
0
चकुचन्ना, ठकरा र चोरी दिवस
0
SHARES
2
VIEWS
Share on Facebook

– सञ्जय मित्र
    भदौ महीनाभरि धेरै पर्व मनाइन्छन्। महिलाहरूले प्रतीक्षा गर्ने पर्व हरितालिका तीज र ऋषिपञ्चमी हो। यही दुई पर्वको ठीक बीचको दिनमा गणेश चतुर्थी मनाइन्छ। गणेश चतुर्थी व्रत हामीकहाँ पनि धेरैले मनाउँछन् तर दक्षिण भारतमा यस पर्वको भव्यता हेर्न लायकको हुन्छ।
    गणेश चतुर्थीलाई हाम्रो समाजले अनेक किसिमले मानेको पाइन्छ। यस दिनमा कतिपय महिला व्रत बस्ने गर्दछन् र भगवान् गणेशका साथै शिव र पार्वतीको विशेष पूजा गर्ने गर्दछन्। शास्त्रहरूले गणेशलाई प्रथम पूज्य देवताको रूपमा मानेकाले गणेशको पूजा गरी प्रसन्न राख्दा बाँकी सबै देवदेवी पनि प्रसन्न हुन्छन् भन्ने आस्था एवं विश्वास समाजमा रहेको छ। कपितयले गणेश, मुसा र लड्डुको अन्तर्सम्बन्धलाई वैज्ञानिक चिन्तनसित जोड्दै यसले प्रकृतिमा सन्तुलन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउँछन्।


    गणेशलाई पूजा गर्ने दिनलाई चौठचन, चौठचान, चौकचन, चकुचना, चकुचन्ना आदि भनिएको पाइन्छ। लोकजीवनमा जे उच्चारणमा सजिलो हुन्छ, त्यही भन्दछन् तर यसमा चन्द्रमाको सन्दर्भ भने रहेको छ। चन्द्रमाको सम्बन्ध दुई किसिमले आएको छ। पहिलो त यो चन्द्रमास अनुसार मनाइने पर्व हो, जुन शुक्लपक्ष वा चन्द्रपक्षको चौथो दिनमा पर्दछ। यस दिन चन्द्रमा उदाउँछ र यस दिनको चन्द्रमाको विशेष महत्व हुन्छ। दोस्रो, चन्द्रमाको पनि पूजा हुन्छ। यसरी चन्द्रमाको पनि पूजा हुने हुँदा यो विशेष हुन गएको हो। हाम्रो संस्कृतिमा सूर्यको जति पूजा हुन्छ, चन्द्रमाको कमै भएको पाइन्छ। यद्यपि यो पनि मान्यता रहेको छ कि हरेक महीनाको द्वितीया तिथिको दिनको चन्द्रमा हेर्नाले शुभफल प्राप्त हुन्छ।
    चकुचन्नाको दिन पूजाका अनेक विधि छन्। वास्तवमा पूजा भनेको आफ्नो मनलाई शान्त बनाउने विभिन्न तरीकामध्ये एक हो। आफूलाई नियन्त्रणमा राख्ने, आफूलाई सन्तुलनमा राख्ने र मनलाई शान्त रहने खुराक प्रदान गर्ने, चित्त शुद्ध भएको अनुभूति हुनेजस्ता कारणले पूजाप्रति मानिसको मन गएको हुन्छ। पूजाले ध्यान केन्द्रित गर्न सहयोग पुग्छ। अझ हामीकहाँ भोकै बसेर र नुहाएर, सफा वा नयाँ कपडा लगाएर पूजा गर्ने चलन छ। यसले गर्दा सफाइसित समेत नाता गाँसिन पुगेको देखिन्छ। आफ्नो पारिवारिक चलन, देखासिकी वा शास्त्रसम्मत जसरी चित्त बुझ्दछ, उसैगरी मानिसले आफ्नो चित्तशुद्धिको लागि पूजा गर्दछन्।
    यस दिनको अलिक पुराना सम्झनाहरू छन्। वर्तमान नवयुवा पुस्ताले यो देख्न र भोग्न पाएनन्। हुनत यसलाई विकृति भनेर समाप्त पारियो तर मलाई अहिले लाग्न थालेको छ, यो सामाजिक सम्बन्धको एउटा पाटो थियो– शिक्षक, अभिभावक र विद्यार्थीबीचको। जुन अहिले हराइसकेको छ, त्यो ब्यूँतिन सम्भव छैन तर सम्झनाले भने हरेक वर्ष ब्यूँताउने गरेको छ। यस दिन गाउँघरमा ठकरा मनाइन्थ्यो।
    ठकराको तयारी दुई/चार दिन पहिलेदेखि गरिन्थ्यो। काठको ठकरा बनाइन्थ्यो। त्यसलाई रङ्ग्याइन्थ्यो। दुई ठकराको फेदमा एक/एक वटा प्वाल बनाएर डोरी छिराइ बाँधिन्थ्यो। हरेक विद्यार्थीले यो गर्दथ्यो। अरूको लागि यो चकुचन्नाको दिन हुन्थ्यो तर विद्यार्थीको लागि भने ठकरा हुन्थ्यो। ठकराको प्रतीक्षा विद्यालय खुलेदेखि हुन्थ्यो, विद्यार्थीलाई। डेढ महीने गर्मी बिदापश्चात् भदौमा विद्यालय खुल्थ्यो र विद्यार्थीहरूले औला भाँचेर ठकरा आउन अब कति दिन बाँकी छ भनेर गन्न शुरू गर्दथे। नजीक–नजीक आउन थालेपछि ठकरा बनाउने काम शुरू हुन्थ्यो। त्यति बेला ठकराको बिक्री बजारमा पनि हुन्थ्यो। मोटो, पातलो, ठूलो, सानो, विभिन्न आकारमा बनाइएका रङ्गीन ठकराहरू बजारको शोभा हुने गर्दथे।
    ठकराको दिन विद्यालयमा छुटै उत्साह हुन्थ्यो। विद्यार्थीहरू सकेसम्म राम्रा कपडा लगाएर कपालमा तेल लगाएर विद्यालय पुगेका हुन्थे। सबै शिक्षकहरू आए पनि फिल्डमा लाइनमा उभ्याएर विद्यार्थीहरूलाई निर्देशन हुन्थ्यो। गाउँमा जाँदा सबैजना लाइनमा जाने। लाइनभन्दा बाहिर कोही नजाने। आफूभन्दा अगाडिको विद्यार्थीको खुट्टामा झिट्की नमार्ने। पछाडिको विद्यार्थीलाई पनि हिंड्न कुनै अप्ठ्यारो नपार्ने। कोही कसैलाई गाली नगर्ने। हल्ला नगर्ने। गीत नगाउने। ठकराले कसैलाई नहान्ने। आफ्नो ठकराले कसैको ठकरामा प्रहार नगर्ने। ठकराको सबैले आदर गर्नुपर्ने। यी र यस्ता अनुशासनलाई सबैले अनिवार्यरूपमा पालना गर्ने। त्यसपछि फिल्डमैं लाइनमा सबै विद्यार्थीलाई ठकराको अभ्यास गराइन्थ्यो। ठकरा बजाउने अभ्यास गराइँदा गीतको लय अनुसार कसरी बजाउने भन्ने मुख्य कुरा हुन्थ्यो। ठकरा भाँचिनुहुँदैन। अनि शिक्षकको नेतृत्वमा गाउँतिर विद्यार्थीहरू दुई लाइनमा निस्कन्थे।
    गाउँमा पस्नेबित्तिकै शुरू गथ्र्यौं–
    गौरी नन्दन शिव दुलारे
    बबुआ गणेशजी सबके प्यारे…
    काठको ठकरामा तालसित ठोकिंदा बेग्लै किसिमको आवाज निस्कन्थ्यो। गीतमा हुने सिर्जनशीलताको पक्ष पनि विचारणीय छ। व्यापक सिर्जनशीलता हुन्थ्यो। लयबद्धतामा सिर्जनशीलताको यो पक्ष लोप भइसकेको छ। जुन विद्यार्थीको घर आउँथ्यो, उसको घरअगाडि उभिएर विद्यार्थीहरू ठकरा बजाइरहन्थे, गीत गाइरहन्थे। सम्बन्धित विद्यार्थीको आँखामा गमछाको पट्टि बाँधिन्थ्यो। विद्यार्थीको घरबाट सम्भव भएसम्म आमाले नै नाङ्लोमा अलिकति चामल, थोरै दाल, थोरै तरकारी, नून र दुई/चार रुपैयाँ ल्याएर दिन्थिइन्। आमा, बुबा, घरका अन्य सदस्य र समाजका अगाडि विद्यार्थीको आँखाबाट पट्टि खोल्दै गुरुले विद्यार्थीलाई आशीर्वाद दिन्थे। आशीर्वाद पढाइ र ज्ञानसित सम्बन्धित हुन्थ्यो। कतिपय विद्यार्थीका अभिभावकको आँखामा यो दृश्यको बेला आँसु भरिन्थ्यो। घरपरिवारका सदस्यहरू भावुक बन्दथे। त्यति बेला पूरा टोल छिमेक नै द्रविभूत भएजस्तो हुन्थ्यो। शिक्षकको गुरुत्व बढेजस्तो, विद्यार्थीको महत्व बढेजस्तो र अभिभावकको उचाइ पनि बढेजस्तो हुन्थ्यो। शिक्षक र विद्यालयको तर्फबाट विद्यार्थीहरूले ठकरा बजाउँदै विद्यार्थीलाई धन्यवाद, आमा वा बुबालाई पनि धन्यवाद दिइरहेका हुन्थे। विद्यार्थीले पनि आफ्नो पढाइ राम्रो होओस् भनेर विद्यालयका सबै साथीले एकसाथ सामूहिक कामना गरेको सुन्न पाउँथे।
    एउटा विद्यार्थीको घरबाट अर्को विद्यार्थीको घरतिर जाँदा बाटोमा दुवैतिर गाउँमा नरनारी उभिएर एक किसिमले विद्यार्थीहरूलाई अभिवादन गरिरहेका हुन्थे। विद्यार्थीप्रति समाजको सम्मान हुन्थ्यो। पढुआहरू हुन् भन्ने गर्व हुन्थ्यो। आफ्ना छोराछोरीलाई पनि पढाउनुपर्दछ भन्ने भावनाको विस्तार हुन्थ्यो। अझ जो सबैभन्दा जान्ने विद्यार्थीहरू हुन्, उनीप्रति एक किसिमको थप आकर्षण हुन्थ्यो। अझ विद्यालयमा पढ्ने नजीकका घनिष्ट मित्र बनिसकेका तर एक टोलदेखि अर्को टोलमा घर हुँदा अरू समयमा पुग्न नसकेको खण्डमा आजको दिन घर पुगिन्थ्यो, आफ्ना साथीको घरका सदस्यहरूसित चिनजान हुन्थ्यो, चिनजानको नवीकरण हुन्थ्यो, आत्मीयतामा वृद्धि हुन्थ्यो। शिक्षक जब सम्भव भएसम्म हरेक विद्यार्थीको घर पुग्दथे, त्यति बेला करीब हरेक विद्यार्थीका अभिभावकसित भेट हुन्थ्यो। सल्लाह–सुझाव आदानप्रदान हुन्थ्यो। अभिभावक र शिक्षकको आत्मीयतामा सम्मानजनक वृद्धि हुन्थ्यो।
    यसको मुख्य विकृति भनेको अन्न र द्रव्य (पैसा) सङ्कलन हो भन्ने गुनासो रहेको छ। धनीमानीबाट अलिक बढी आउला भन्ने अपेक्षा थियो होला, हामी साना भएकाले यो पक्षतिर सोच्न सकेनौं। अन्य विकृति पनि देखिएको होला समाज र परिवेश अनुसार। तर मलाई राम्ररी सम्झना छ, एक विद्यार्थीको घरबाट अर्को विद्यार्थीको घरतिर जाँदा बाटोमा कुनै विद्यार्थीको घरमा पुग्न छुटेछ भने मेरो घरमा पनि पुग्नुपर्दछ भन्ने गुनासो अभिभावकको रहन्थ्यो। कहिलेकाहीं यस्तो गुनासो ठकरा सकिएको कैयौं दिनपछिसम्म पनि आइरहन्थ्यो। ठकराले अभिभावकको पनि सम्मान बढाएको थियो कि भन्ने विश्लेषण गर्न सकिन्छ। ठकरामा अझ पनि धेरै विकृति थिए होलान् तर त्यस्ता विकृतिलाई कम गर्दै कम्तीमा विद्यालयमा भएपनि यसलाई गेयात्मक, लयात्मक, सिर्जनात्मक, प्रदर्शनात्मक, अभिनेयात्मक आदि किसिमले मनाउने गरी राख्न सकिन्थ्यो होला कि यसमा हुने अन्न तथा द्रव्य सङ्कलनलाई पूर्णतया प्रतिबन्धित गरेर। हुन सक्छ, मैले यसको खराब पक्षलाई बुझ्न नसकेको हुँला तर ठकराले त्यस बेला सामाजिक सम्बन्धलाई बलियो बनाएको थियो जस्तो अहिले पनि लाग्दछ।
    माथि चन्द्रमाको सन्दर्भ आइसकेको छ। पहाडतिर भने चकुचन्नाको दिनको चन्द्रमा देख्नुलाई त्यति राम्रो मानिन्न। मधेसतिर यस दिनको चन्द्रमा देख्नुलाई शुभ मानिन्छ तर पहाडतिरको मान्यता के छ भने यस दिनको चन्द्रमा देखेपछि थोरै भएपनि केही चोर्नुपर्छ। चोरी नगरे वर्षभरि चोरीको बात वा दोष लागिरहन्छ भन्ने मान्यता छ। यस दिन राति धेरैको अम्बा, मकै, भुइँकटहरजस्ता कुराहरू चोरी हुन्छन्। चोरी हुँदा पनि अन्य दिनको जस्तो धेरै सोधखोज गरेको पाइन्न तर आफ्नो सामान चोरी नहोओस् भने मानिस सतर्क भने हुन्छन्।
    समाज र परिवेश अनुसार संस्कृतिको स्वरूप फरक हुन्छ।

Previous Post

प्रश्नचिह्नको दायरामा प्रणाली कि विद्यार्थी ?

Next Post

कविवर माधव घिमिरे– छोटो परिचय

Next Post
कविवर माधव घिमिरे– छोटो परिचय

कविवर माधव घिमिरे– छोटो परिचय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.