मलङ्गवा (सर्लाही), १५ जेठ/रासस
गणतन्त्र दिवसका अवसरमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सम्मान गरेको छ ।
१९ वर्षमुनिको नेपाली क्रिकेट टोलीकी कप्तान महतोलाई चन्द्रनगर गापाले रु ५५ हजारसहित सम्मान गरेको हो । उनलाई गापा अध्यक्ष राजकुमार महतो तथा जिल्ला समन्वय समिति, सर्लाहीका उपप्रमुख जीतेन्द्र महतोले संयुक्तरूपमा सम्मान गरेका हुन् ।
महतोले हासिल गरेको सफलता सबैका लागि गौरवको विषय भएको गापा अध्यक्ष महतोले बताए । यसबाट अन्यलाई पनि खेल क्षेत्रमा लाग्न प्रेरित गर्न मदत पुग्ने उनले बताए । छोरासरह छोरीलाई पनि खेलकूदमा सहभागी गराइदिन कार्यक्रममा सहभागी अभिभावकसँग उनले आग्रह गरे ।

