• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
13 °c
Ashburn
9 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वतन्त्र विचार

कोरोना महामारी कि आतङ्क

प्रतीक दैनिक by प्रतीक दैनिक
August 26, 2020
in स्वतन्त्र विचार
0 0
0
कोरोना महामारी कि आतङ्क
0
SHARES
1
VIEWS
Share on Facebook

– कुमार रुपाखेती
    कोरोनाका बारेमा थुप्रै विपरीत कुराहरू बाहिर आउन थालेका छन्। कोरोना कुनै किसिमको महामारी नभई सुनियोजित महाआतङ्क हो भन्ने कुराहरू सतहमा आएका छन्। कहिले इबोला, कहिले स्वाइनफ्लू, कहिले एचआइभी/एड्सजस्तै अहिले कोरोना महामारीको ढिंढोरा पिटेर डब्ल्युएचओ र संसारमा नाम कहलिएका फर्मास्युटिकल्सका सोल एजेन्टहरू तथा केही मिडियाले मिलेर मानव जातिमाथि अन्याय र अत्याचार गरेको आरोप लगाउँदै कतिपय मुलुकहरूमा यिनको विरोधमा कानूनी उपचार र अदालतमा मुद्दा हाल्ने तयारी गरिंदैछ। ट्रम्पको भाषामा चिनियाँ भाइरस भनिएको कोभिड–१९ मा प्रारम्भमा इटलीमा कोरोनाले थुप्रै मान्छे मरेको विश्वव्यापी हल्ला पिंmजाए तापनि हालै इटलीको इटली हेल्थ इन्स्टिच्यूटले क्रोनिक बिरामी, दीर्घरोगी, असाध्य रोगी तथा अन्य डरलाग्दा सरुवा रोगले इटलीमा धेरैजनाको मृत्यु भएको तथा यस्ता केहीमा मात्र कोरोनाको प्रभाव देखिएको उल्लेख गरेको छ।
    मास्क र सेनिटाइजरको अत्यधिक प्रयोगले स्वास्थ्य र वातावरणमा प्रतिकूल असर मात्र परिरहेको तथा सय न्यानोमिटरभन्दा सानो कोरोना भाइरसलाई यिनले रोक्न, छेक्न नसक्ने स्पष्ट गरेको छ। कोरोनाको अनावश्यक हल्लाले मान्छेको मनोबल घटाएको, आत्महत्या बढाएको, आत्मविश्वास गुमेको, मानसिक रोगी बढेको, ह्दयघात हुने सङ्ख्या बढेको छ। संसारमा अन्य रोग नै नभएझैं अस्पतालहरूले समेत कुनै पनि बिरामीलाई कोरोना चेकजाँच अर्थात् पिसिआर परीक्षण नगरी चेकजाँच नगर्नाले धेरैलाई अकालमा मृत्युवरण गर्न बाध्य बनाइएको छ।
    स्मरण रहोस्, हङकङ, जापान, मालद्विप्स, भूटानमा लकडाउन गरिएको छैन। लकडाउन गर्ने मुलुकमा मर्ने मानिसको सङ्ख्या धेरै र लकडाउन नगर्ने मुलुकहरूमा मर्ने मानिसको सङ्ख्या नगन्य छ। जब कोरोनाको उपचार गर्ने खोप वा औषधि नै बनेको छैन भने महामारी भनिएको यो जघन्य रोगबाट ९९ प्रतिशत बिरामी विनाऔषधिमूलो निको हुनुले पनि यो रोग प्रचार गरिएको जति खतरनाक छैन भन्ने प्रमाणित गर्छ। नेपालमा त आत्महत्याको घटनामा समेत पिसिआर परीक्षण गरिएको छ। डर, त्रास देखाएर खर्च गराउने माध्यम बनेको छ पिसिआर परीक्षण। जबरजस्ती पिसिआर परीक्षण गरेर नेपाललगायतका मुलुकमा जनता लुटिंदैछन्।
    सन् १९८४ मा अमेरिकी नागरिक मोरिजले पिसिआर मेशिन निर्माण गरेबापत नोबेल पुरस्कारसमेत पाए। तर उनले आफ्नो आविष्कार पिसिआर मेशिनलाई ‘वन्ली फर रिसर्च पर्पोज’ भनेका छन् अर्थात् अनुसन्धान र शोधबाहेक पिसिआर मेशिन रोगी जाँच्न भरपर्दो छैन रे।
    तान्जानियाका राष्ट्रपतिले रसायनशास्त्रमा पिएचडी गरेका छन्। उनले डब्ल्युएचओको कोरोना हल्लालाई बकवास र वाहियात भनेका छन्। तान्जानियामा मास्क लगाएर हिंड्नेलाई कारबाई गरिन्छ। संसारका झन्डै ५० मुलुकमा यो नियम लागू छ। तान्जानियाका राष्ट्रपतिले त डब्ल्युएचओलाई लुटेरा संस्थासम्म भनेका छन्। कोरोनाबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने खाना खाने, स्वच्छ हावा, घाम लिने, सरसफाइमा ध्यान दिने कुरा नगरी लकडाउनको नारा घन्काएर भोकमरी, बेरोजगारी, आत्महत्या जस्ता अमानवीय कर्तुतलाई प्रश्रय दिएकोसमेत व्यापक हल्ला छ। तुर्किस्थानमा त मास्क नै बन्देज गरिएको छ।
    चीनको जनसङ्ख्या करीब डेढ अर्ब छ, त्यहाँको दैनिक मृत्यु सरदर त्यसै पनि सत्ताइस हजार छ। प्रोपोगन्डाले गर्दा नै क्वारेन्टाइनबाट भाग्ने, अत्तालिएर आत्महत्या गर्ने, मनोबल घट्ने, त्रास बढ्न देखिएको छ। हात मिलाउनु, अँगालो हाल्नु, भौतिक दूरी आदि कहिलेसम्म ? भन्ने प्रश्न पनि कम तथ्यपूर्ण छैन। चीनबाट फैलिएको यो रोग त चीनमैं व्यापक हुनुपर्ने, पूरै चीनमा लकडाउन हुनुपर्ने, तर चीनमा त्यस्तो किन भएन भन्नेबारे कसैले ध्यान नदिएको देखिन्छ। कतिपयले कोरोना हौवालाई ग्लोबलरूपमा मानव जातिमाथि गरिएको अन्यायपूर्ण थिचोमिचो भनेका छन्।
    स्मरण रहोस्, कुखुरामा सबैभन्दा कम इम्युनिटी (रोग प्रतिरोधक क्षमता) हुन्छ, तर संसारभर अझै किचेनमा चिकेन पाक्दैछ। नेपालको लकडाउन हौवा र हचुवाको भरमा तथा वैज्ञानिक आधारविहीनरूपमा लागू गरिएको छ। लकडाउन सबैभन्दा ठूलो आतङ्क हो र चिकित्सकलाई भगवान् ठान्ने हामी त्यसैको सजाय भोग्दैछौं। लकडाउन गरेर, घरमा थुनेर, सास फेर्न नदिएर, कोरोना रोगी भन्दै चिह्नित र प्रचारप्रसार गरेर, सुरक्षाकर्मीले लाठी बर्साएर, रोजगार खोसेर रोग प्रतिरोधात्मक क्षमता बढ्दैन भन्ने ज्ञान सरकारमा बस्नेहरूलाई किन नभएको होला ? यस्ता ज्ञान नहुनेहरूलाई समेत कानूनको कठघरामा उभ्याउनु जरुरी देखिन्छ। नेपालमा त मिडियासमेत कौवाले कान लग्यो भन्दै कौवाको पछाडि हल्ला मचाउँदै दौडेको देखिन्छ।
    नेपालका शिक्षाविद् डा कर्णबहादुर शाहीले कोरोना महामारी नभई मानव सृजित महाआतङ्क हो भन्दै खुलेआम अन्तर्वार्ता दिंदै यस्तो अन्तर्राष्ट्रिय जघन्य अपराधमा हँमा हँ मिलाउने नेपालका सत्ताधारीहरूसमेतलाई कानूनी कारबाई गर्नुपर्ने बताउँछन्।
    नेपालमा कोरोनाले भन्दा सरकारी हौवा र रवैयाले मान्छे आतङ्कित छन्। ‘बडे मियाँ तो बडे मियाँ छोटे मियाँ सुभान अल्लाह’ भनेझैं केही स्थानीय तहले समेत मनपर्दोरूपमा निषेधाज्ञा गरिरहेका छन्। भनिन्छ, अल्पज्ञान खतरनाक हुन्छ। कतै हामी कोरोना भाइरसबारे सरकारी अल्पज्ञानको शिकार त बनिरहेका छैनौं। किनभने लकडाउनबाहेक सरकारले कोरोना नियन्त्रणमा कुनै अर्को प्रभावकारी कदम उठाएको देखिंदैन। पहिले थुन अनि सुन भन्ने पञ्चायती पाराले कोरोना नियन्त्रण हुन सक्दैन। कोरोनाको उपचारमा घरेलु औषधि सफल देखिएको छ, थोरै हदसम्म।
    शिक्षाविद् डा कर्णबहादुर शाहीहरूको कथन सुन्दा त कोरोना यति ठूलो हौवा बनाउनुपर्ने असाध्य रोग हुँदै होइन। कोरोनाभन्दा खतरनाक रोग र भाइरस संसारमा पहिलेदेखि नै अनगिन्ती छन्।

Previous Post

२०७७ भदौ १० गते बुधवारको प्रतीक दैनिक

Next Post

उत्तरदायित्व बुझोस् वीरगंजले

Next Post
उत्तरदायित्व बुझोस् वीरगंजले

उत्तरदायित्व बुझोस् वीरगंजले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.