• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वतन्त्र विचार

के भन्छ कान्तिपुरले ‘प्रतीक’ बारे

प्रतीक दैनिक by प्रतीक दैनिक
September 22, 2020
in स्वतन्त्र विचार
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook

कान्तिपुर दैनिकको २०७७ असोज ३ गतेको खोजखबर पृष्ठमा वीरगंजबाट प्रकाशित हुने प्रतीक दैनिकबारे प्रकाशित लेख ।
‘प्रतीक’ प्रोफाइल
– खिमलाल देवकोटा

कोरोनाले निम्त्याएको तनावबीच ‘प्रतीक’ दैनिकले भदौ १ गते आफ्नो ३४औं वार्षिकोत्सव अन्य वर्षझैं धुमधामले होइन, अति सामान्य प्रकारले मनायो । यो लेख काठमाडौंबाहिरबाट छापिने एउटा पत्रिकाको जीवन–संषर्घ हो । एक पत्रिकाको प्रोफाइल ।

२०४४ साल साउन २८ गते ‘प्रतीक’ को पहिलो अंक प्रकाशन भएको थियो । ‘प्रतीक’ को संघर्षसँग मेरो जीवनका पनि केही हिस्सा जोडिएका छन् । मेरो मस्तिष्कमा पुरानो समय ओहोरदोहोर गर्छ ।

वीरगन्जबाट प्रकाशित हुने ‘प्रतीक’ का सम्पादक जगदीश शर्मासँग भेट नभएको भए सम्भवतः पाठकहरूसँग मेरो यस रूपमा भेट हुँदैनथ्यो । उहाँसँग चिनाउने काम कलेजका मित्र बझाङबाट वीरगन्ज पढ्न आएका धर्मदेव जोशीले गरे । ठाकुरराम क्याम्पसमा स्नातक पढ्दा हामी एकै घरमा डेरा बस्थ्यौं ।

२०६० सालतिर डा. दीपक शाक्यको अनुरोधमा वीरगन्ज पब्लिक कलेजमा अर्थशास्त्र अध्यापन गर्न वीरगन्ज जाँदा धर्मदेव जोशी ‘प्रतीक’ मा जागिरे थिए । जोशीको सल्लाह र जगदीश शर्माको अनुरोधमा मैले ‘प्रतीक’ मा आर्थिक विषयमा लेखहरू लेख्न सुरु गरें । सम्पादक जगदीश शर्माले औद्योगिक–व्यावसायिक नगरी वीरगन्जलाई लक्षित गरी हरेक साता अर्थ–पृष्ठ निकालौँ भन्ने प्रस्ताव ल्याउनुभयो र पृष्ठ संयोजनको जिम्मा मलाई दिनुभयो । ‘प्रतीक’ मा प्रत्येक शुक्रबार अतिरिक्त दुई पृष्ठ प्रकाशित हुन्थ्यो– अर्थ, वाणिज्य विषयमा । अध्ययनका निम्ति २०६४ सालमा मैले वीरगन्ज छाडेँ । आफ्नो विषयमा निपुण, पेसाप्रति इमानदार र समर्पित जगदीश शर्मा अनि उहाँको टिमबाट पूर्ण लाभान्वित हुने अवसर मैले प्राप्त गरेँ । उबेलाका साथीहरू शत्रुधन नेपाल, प्रताप श्रेष्ठ, आरके पटेलजस्ता पुराना र स्थापित पत्रकार अहिले पनि ‘प्रतीक’ मा आबद्ध छन् ।


२०४४ सालमा अरूकै लेटर प्रेसमा छापिने ‘प्रतीक’ पछि आफ्नै लेटर प्रेसबाट प्रकाशित हुन थालेको थियो । जगदीश शर्माले त्यसबेला काठमाडौंबाट पुरानो फ्ल्याट मेसिन खरिद गरी दैनिक पत्रिका निकाल्ने प्रयास गर्नुभयो तर त्यस प्रविधिले नभ्याउने देखेर साप्ताहिक प्रकाशनमै सन्तोष मान्नुभएको थियो । २०४६ सालको परिवर्तनपश्चात् थुप्रै पत्रपत्रिका प्रकाशित हुन थाले । २०५३ सालमा बैंकबाट ऋण लिएर ‘प्रतीक’ दैनिक रूपमा छाप्न थालियो ।

वीरगन्जका लागि त्यो पहिलो डेस्कटप प्रिन्टिङको सुरुआत थियो । थुप्रै प्राविधिक कठिनाइ थिए । जनशक्ति थिएन, पाठकलाई समाचार ताजा हो भन्ने विश्वास दिलाउन कठिन थियो । साँझ परेपछि वीरगन्ज आइपुग्ने ‘गोरखापत्र’ र भारतीय अखबार पढ्ने बानी थियो मानिसहरूको । ‘प्रतीक’ को टिम गल्ली–मोहल्ला, सडक घुम्थ्यो र हातमा ‘प्रतीक’ लिएर यो आजैको अखबार हो, यसमा आफ्नै समाचार छ भनी मानिसहरूमा विश्वास भर्न लागिपर्थ्यो ।

मानिसहरू राजनीतिक समाचार बढी चाहन्थे । तर, प्रतीकले समाचार र विभिन्न किसिमका अन्य पठनीय सामग्री पस्केर सबै स्वादका पाठकको चाहना तथा रुचिलाई केही हदसम्म भए पनि परिवर्तन गर्‍यो । अब पाठकहरू बिहानीको चियासँगै प्रतीकको प्रतीक्षा गर्न थाले । माओवादी ‘जनयुद्ध’, राजा वीरेन्द्रको वंश नासका खबरलाई विश्वसनीय रूपमा पस्किन्थ्यो प्रतीकले । र, बिस्तारै पत्रिका जनजनसम्म पुग्न सफल भयो । पर्सा, बारा र रौतहट जिल्लाका कुनाकाप्चासम्म यो पहिल्यै पुगिसकेको थियो । पूर्वमा दमकसम्म पुगेको थियो भने सिन्धुलीमा स्थानीय अखबारजस्तै मान्यता पाएको थियो । एकाबिहानै जनकपुर पनि पुग्थ्यो भने पश्चिममा चितवनसम्मै बजार विस्तार गरेको थियो । माओवादी युद्धताका विभिन्न पक्षबाट निरन्तर यातायात बन्द हुन्थ्यो । त्यसबेला बारा–रौतहटका अधिकांश गाउँमा रक्सौल हुँदै भारतीय रेलबाट पत्रिका पुर्‍याइन्थ्यो । यस काममा भारतीय संवाददाताले सघाउँथे । भारतको रक्सौलसम्मै प्रतीकको गहिरो प्रभाव थियो । म पत्रिकामा रहँदासम्म एक जना कम्युटर अपरेटर थिए, रक्सौलबाट काम गर्ने ।

मोसफलको पत्रिका भए पनि यसमा विद्वान्, लेखक, पत्रकार, सांसदहरू, अधिवक्ता, मन्त्रीहरूले आफ्नो संलग्नता जनाएका छन् । बाराबाट प्रतिनिधित्व गर्ने सांसदद्वय फरमुल्लाह मन्सुर र पुरुषोत्तम पौडेल (दुवै जना मन्त्रीसमेत भए), रामनारायण बिडारी, लेखकहरू ध्रुवचन्द्र गौतम, वेदव्यास न्यौपाने, पत्रकारहरू चन्द्रकिशोर र गिरीश गिरी एक कालखण्डमा प्रतीकसँग संलग्न थिए ।

प्रतीक साप्ताहिकबाट दैनिक बनेपछि मात्रै राष्ट्रिय ‘क’ वर्गको पत्रिकामा दरिएको होइन, साप्ताहिक छँदै सम्भवतः मोफसलबाट प्रकाशन हुने पत्रिकामध्ये पहिलो ‘क’ वर्गको पत्रिका थियो । मोफसलमा राससको अनलाइन समाचार खरिद गर्ने, फोटो छाप्ने पहिलो पत्रिका पनि हो यो ।

पञ्चायतकालमा जन्मेको यो पत्रिका शून्यबाट आरम्भ भएको हो । जगदीश शर्मा भन्नुहुन्छ– त्यसबेला अभिव्यक्ति दिने स्वतन्त्रताका लागि मात्र केही कालसम्म पत्रिका चलाउने सोच थियो । किनभने पत्रिकामा लगानी गर्न पर्याप्त पैसा थिएन । पछि पत्रकारिता बानी बन्यो । तर, पत्रिकाका लागि पर्याप्त विज्ञापन थिएन । विज्ञापनलाई कृपा ठानिन्थ्यो । त्यसैले कृपास्वरूप राजाको जन्मदिन, दसैंजस्ता पर्वमा मात्र शुभकामना विज्ञापन हात लाग्थ्यो । संवाददाताहरू निःशुल्क काम गर्थे । आफ्नो पारिश्रमिक यस्तै ‘कृपा–विज्ञापन’ बाट असुल गर्थे । धेरै प्रयासपछि विज्ञापन आउन थाल्यो तर त्यसको रूप बार्टर–शैलीको थियो । अर्थात् ‘विज्ञापन छाप, उत्पादित वस्तु लेऊ ।’

तत्कालीन शाही नेपाल वायु सेवा निगमले विज्ञापन तथा उसका एयरक्राफ्टमा अखबार राखेबापत केही टिकट दिन्थ्यो । वीरगन्जका हालका मेयर विजय सरावगीका पिता चिरञ्जीवी सरावगीले साबुन कारखाना खोलेका थिए, विज्ञापन छापेबापत पत्रिकालाई केही दर्जन साबुन दिन्थे । एक फर्निचर उद्योगले विज्ञापन छापेबापत एउटा पलङ नै दिएको थियो । तर, समस्या आयो स्व. बिहारीलाल लाठको समयमा । उनको बिँडी बनाउने उद्योग थियो । बिँडी लिने कुरा आएन, वर्षभरि विज्ञापन छापेबापत १२ सय रुपैयाँ दिएका थिए । ‘यो नै पत्रिकाको पहिलो वर्षको पहिलो व्यावसायिक विज्ञापन थियो’ जगदीश शर्मा भन्नुहुन्छ ।

सरकारले लोककल्याणकारी विज्ञापनबाहेक अरू सहयोग गर्दैन, त्यो पनि ६ महिना, वर्ष दिनपछि भुक्तानी दिन्छ । भुक्तानीको ठेगान हुँदैन । देशका ठूला औद्योगिक घराना वीरगन्जकै हुन् तर वीरगन्जका अखबारहरूमा तिनका विज्ञापन छापिँदैनन् । एउटालाई दियो भने बाँकी दैनिकले दिक्क पार्न थाल्छन्, विज्ञापन नपाएपछि तथानाम लेख्न सुरु गर्छन् । त्यसैले न कुनै अखबार उँभो लाग्न पाएको छ न पत्रकारहरूको नै सम्मान भएको छ ।

२०५३ साल साउनमा प्रकाशित भएको प्रतीकको नमुना अंकदेखि नै शनिवारीय परिशिष्टांक ‘वाटिका’ पनि छापिन सुरु भयो । यसमा विद्यालयका साना बालबालिकादेखि लेखक, साहित्यकारहरूका लेखहरू प्रकाशित हुँदै आएका छन् । यसै संस्थाको कार्यालयमा गजलकार घनश्याम परिश्रमी, धर्मेन्द्र भट्टराई, चन्द्रकिशोरलगायतको उपस्थितिमा २०५३ सालमा प्रत्येक महिनाको अन्तिम शनिबार सुरु भएको ‘प्रभात काव्ययात्रा’ आजपर्यन्त जारी छ । सुरुको दिनमा प्रतीकले ‘जमर्को’ साहित्यिक पत्रिका पनि सुरु गरेको थियो तर दुई अंक प्रकाशित भएर त्यो थन्कियो ।

पत्रकारिता, यसमा संलग्न व्यक्तिहरूका लागि लोकधर्म हो भन्ने मान्यता राख्ने जगदीश शर्माले प्रतीक साप्ताहिकको पहिलो अंकको पहिलो पानामा आफ्नो आचारसंहिता छाप्नुभएको थियो । नेपाल पत्रकार महासंघले २०५३ सालमा वीरगन्जमा सम्पन्न अधिवेशनमा मात्रै पत्रकारहरूको आचारसंहिता निर्माण गरेको हो । यस धर्ममा अडिग रहँदा उहाँले गरेको संघर्षको म पनि साक्षी छु । जस्तोसुकै प्रलोभनमा पनि कहिल्यै नझुक्ने नैतिक बल, त्यही आचारसंहिताका कारण प्राप्त गरेको उहाँ बताउनुहुन्छ । राजा ज्ञानेन्द्रको शासनकालमा उहाँलाई वीरगन्जको मेयर बन्ने प्रस्ताव आएको थियो, जसलाई उहाँले तत्काल अस्वीकार गरेर बरु पत्रकारिताबाट हुन सक्ने राम्रो काममा सहयोग र सुझाव दिन्छु भनेको मलाई राम्ररी स्मरण छ ।

पत्रकारिताप्रति यसै अडानका कारण माओवादी युद्ध, मधेस आन्दोलनताका पनि निर्भय र तथ्यगत समाचार सम्प्रेषण गर्न सजिलो भएको जगदीश शर्माको ठम्याइ छ । एकपटक माओवादीहरूले आफूविरुद्ध समाचार लेखेको भनेर अनकण्टार स्थानमा उहाँलाई बोलाएका थिए । उहाँ निर्भीक भएर जानुभयो र आफ्नो पक्षको कुरा राख्नुभयो ।

माआवादीले राखेको आफ्ना लागि काम गर्नुपर्ने सर्त उहाँले अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो— समाचार जसको होस्, लोकहितमा छ भने लेख्छु, होइन कारबाही गर्नु छ भने म आएको छु गर्नुस् । त्यसपछि माओवादीले उहाँलाई खाना खुवाएर बिदा गरे ।

पछि ‘सूर्य नेपाल’ कम्पनीका तीन जनाको अपहरणपछि, उनीहरूको सकुशलताको साक्षी बनाउन अन्य व्यक्तिका साथ जगदीश शर्मालाई पनि बोलाएको मलाई सम्झना छ । एकातिर माओवादीको यस्तो चेप थियो भने अर्कोतिर सरकारको दृष्टि जहिले पनि प्रतीकप्रति सन्देहात्मक बनिरह्यो । यहाँसम्म कि रौतहटमा २०५६ साल चैत १५ गते नेपाली कांग्रेसका तत्कालीन मन्त्री आफताब आलमको घरमा माओवादीले आक्रमण गर्दाको खबर छापेबापत सो सम्बन्धमा गठन भएको छानबिन आयोगले समेत उहाँलाई समाचार कसरी प्राप्त भयो, माओवादीसँग के सम्बन्ध छ भनी व्यापक सोधखोज गरेको थियो ।

केही पक्षबाहेक दोस्रो मधेस आन्दोलनलाई समर्थन गरेको प्रतीकको कार्यालयमा, आफूअनुसार नलेखेको भन्दै आन्दोलनकारीले तोडफोड गर्दा लाखौं रुपैयाँको क्षति भएको थियो । त्यस बेलाको त्रासले धेरैले प्रतीकसँग आफ्नो सम्पर्क नै तोडेका थिए । तर पछि तिनै मधेस आन्दोलनका पक्षधरहरूले सार्वजनिक मञ्चबाट प्रतीकको तारिफ गरेका थिए ।

जगदीश शर्मा उमेरले सत्तरी पुगिसके । तर, सम्पादकीय काममा अहिले पनि निरन्तर खट्छन् । मोफसल पत्रकार जगत्का लागि उनी धरोहर हुन् । प्रतीकले बनाएको बेग्लै पहिचान जोगाउन यसको स्थायित्व र निरन्तरताको जरुरी छ ।

Previous Post

२०७७ असोज ६ गते मंगलवारको प्रतीक दैनिक

Next Post

अब अलमल नगरौं

Next Post

अब अलमल नगरौं

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.