• About
  • Advertise
  • Careers
  • Contact
Saturday, November 8, 2025
26 °c
Ashburn
22 ° Sat
21 ° Sun
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार प्रमुख समाचार

कुनै पनि मोडालिटीमा पसल सञ्चालन गर्न पाउनुपर्ने माग

प्रतीक दैनिक by प्रतीक दैनिक
June 4, 2020
in प्रमुख समाचार
0 0
0
कुनै पनि मोडालिटीमा पसल सञ्चालन गर्न पाउनुपर्ने माग
0
SHARES
1
VIEWS
Share on Facebook

प्रस, वीरगंज, २१ जेठ/
वीरगंजको मुख्य सडकका व्यापारीहरूले कुनै पनि मोडालिटीमा पसल सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। वीरगंज उद्योग वाणिज्य सङ्घले स्थानीय प्रहरी, प्रशासन र खुद्रा व्यापारीहरूलाई राखेर गरेको अन्तत्र्रिmयामा खुद्रा व्यापारीहरूले यस्तो धारणा राखेका हुन्।
उनीहरूले लकडाउन अवधिको ७१ दिन बितिसक्दा पनि पसल सञ्चालन गर्न नपाउँदा समस्या भएको बताए। घरभाडा, कामदार खर्च, बिजुली भाडा र घरायसी खर्चको लागि समस्या भइरहेको हुँदा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिने कुनै पनि मोडालिटीमा आफूहरूले पसल सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरेका थिए।
वीउवासङ्घका अध्यक्ष गोपाल केडिया, पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता, महासचिव माधव राजपालसमेतले पनि खुद्रा व्यवसायीहरूलाई समस्या भएको बताउँदै पसल सञ्चालन गर्न पाउनुपर्ने जिकिर गरे। कार्यक्रममा सहभागी जिप्रका, पर्साका प्रवक्ता एवं सहायक प्रजिअ ललित बस्नेत र प्रहरी उपरीक्षक गङ्गा पन्तले व्यवसायीहरूको गुनासोलाई समितिको बैठकमा राख्ने र उचित निकास निकाल्ने आश्वासन दिएका थिए।
प्रहरी–व्यापारी लुकामारी
वीरगंजको मुख्य सडकका पसलहरू सञ्चालन हुने क्रम रोकिएको छैन। लकडाउनको अवधिमा स्थानीय प्रशासनले अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरूमध्ये दूध, खाद्यान्न (किराना) पसल सञ्चालनको लागि बिहान साढे आठ बजेसम्मको समय प्रदान गरेकोमा अहिले केही दिनदेखि व्यापारीहरूले मुख्य सडकका सबैजसो पसल बिस्तारै सञ्चालनमा ल्याउँदै छन्। मङ्गलवार दिउँसोभरि मुख्य सडकको अलखियामठदेखि घण्टाघरसम्मका पसल छिटपुट सञ्चालनमा रह्यो। तर दिउँसो प्रहरीले सबै पसललाई बन्द गराएको थियो। बुधवार भने मुख्य सडकका पसलहरू आधा सटर खोलेर सञ्चालनमा आएका छन्। व्यापारीहरू पसलअगाडि बसेर ग्राहकलाई पसलभित्र पठाउने र सामान बिक्री गर्ने गरेका देखिए। प्रहरीले पूरै सटर खोलेर पसल सञ्चालन गर्न रोक लगाएको व्यापारीहरूले बताएका छन्।
पसल खोल्न दिनुपर्छ –नगरप्रमुख सरावगी
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले लामो अवधिसम्म लकडाउन भएकाले अब पसलहरू सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उनले कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय प्रशासनले तय गरेको मापदण्डमा रहेर पसल सञ्चालन गराउनै पर्ने बताएका छन्।
उनले अहिले स्थानीय प्रशासनले बिहान साढे आठ बजेसम्म अत्यावश्यक वस्तु खरीदको लागि उपलब्ध गराएको समय पर्याप्त नभएको बताए। आफूले शुरूदेखि पर्याप्त समय उपलब्ध गराएर अत्यावश्यकलगायतका सबै पसल मापदण्ड तय गरी सञ्चालनमा ल्याउनुपर्ने पक्षमा रहेको बताए। लकडाउन अवधि ७१ दिन बितिसक्दा पसल सञ्चालन गर्न नदिंदा व्यापारीहरूलाई मर्का परिरहेको उनले बताए।
नगरप्रमुख सरावगीले बिहान, दिउँसो र बेलुका पसल सञ्चालन गर्न दिंदा भीडभाड कम भई जोखिम कम हुने बताए। पसल सञ्चालनको थोरै समय दिइएको कारण भीड बढिरहेको उनको तर्क छ।

Previous Post

नारायणी अस्पतालबाट एकै पटक २ महिला सहित ४३ जना कोरोना संक्रमित निको भएर घर फर्के

Next Post

२०७७ जेठ २२ गते बिहीवारको प्रतीक दैनिक

Next Post

२०७७ जेठ २२ गते बिहीवारको प्रतीक दैनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
    • खेलकुद

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.