यकीन गरौं कि हामी एसी (एयर कन्डिशनर)को उचित प्रयोग गर्दैछौं ।
जसरी गर्मी शुरू भइसकेको छ र हामी नियमितरूपमा एसी प्रयोग गर्छौं, आउनुहोस्, एसी चलाउने सही तरीका अपनाऔं ।
धेरैजसो मानिसलाई आफ्नो एसी २०–२२ डिग्रीमा चलाउने बानी हुन्छ र जब चीसो लाग्छ, तब आफ्नो शरीरलाई कम्बलले छोप्छन् । यसबाट दोहोरो क्षति हुन्छ, कसरी ? बुझौं ।
के तपाईंलाई थाहा छ हाम्रो शरीरको तापक्रम ३७ डिग्री सेल्सियस हुन्छ भने ? शरीरले २३ देखि ३९ डिग्रीसम्मको तापमान सजिलै सहन सक्छ । यसलाई मानव शरीरको ताप सहनशीलता भनिन्छ । जब कोठाको तापमान धेरै कम वा धेरै बढी हुन्छ, तब हाछ्यूँ, काँप्नेजस्ता प्रतिक्रिया शरीरले दिन थाल्छ ।
जब तपाईं एसी १९–२०–२१ डिग्रीमा चलाउनुहुन्छ, तब कोठाको तापमान सामान्य शरीरको तापक्रमभन्दा धेरै कम हुन्छ र यसले शरीरमा ‘हाइपोथर्मिया’ नामक प्रक्रिया शुरू गर्छ, जसले रगतको सञ्चारलाई असर गर्छ र शरीरका केही भागमा पर्याप्त रक्त आपूर्ति हुँदैन । लामो समयसम्म यसले बाथ जस्ता रोगहरू निम्त्याउँछ ।
एसी चलाउँदा प्रायः पसिना आउँदैन, जस कारण शरीरका विषाक्त पदार्थहरू बाहिर निस्कँदैनन् र लामो समयपछि छालामा एलर्जी वा चिलाउने, उच्च रक्तचाप, ह्दयरोगजस्ता समस्याहरू देखा पर्न सक्छन् ।
जब तपाईं एसी यति कम तापक्रममा चलाउनुहुन्छ, तब कम्प्रेसर पूर्ण क्षमतामा लगातार काम गर्छ, चाहे एसी ऊर्जा–दक्ष होस्, अत्यधिक बिजुली खपत हुन्छ, जसले तपाईंको स्वास्थ्य बिगार्नुका साथै खर्च पनि बढाउँछ ।
एसी चलाउने सबैभन्दा राम्रो तरीका के हो ?
एसी लाई २६ डिग्री वा सोभन्दा माथि तापक्रममा सेट गर्नुहोस् । तपाईंले एसी २०–२१ डिग्रीमा सेट गरेर कम्बल वा पातलो ओढ्ने ओढ्नाले कुनै फाइदा हुँदैन । एसीलाई २६+ डिग्रीमा राखेर पङ्खा बिस्तारै चलाउनु सधैं राम्रो हुन्छ, २८+ डिग्री झनै राम्रो हो । यसो गर्दा कम बिजुली खपत हुन्छ, शरीरको तापक्रम पनि सन्तुलनमा रहन्छ र स्वास्थ्यमा पनि खराब असर हुँदैन ।
यसको अर्को फाइदा के हो भने एसीले कम बिजुली खपत गर्छ, मस्तिष्कमा रक्तचाप पनि कम हुन्छ र अन्ततः ग्लोबल वार्मिड्ढो असर घटाउन सहयोग पुग्छ । कसरी ? मानौं तपाईं एसी २६+ डिग्रीमा चलाएर प्रतिरात करीब पाँच युनिट बिजुली बचत गर्नुहुन्छ र अन्य १० लाख घरले पनि यो अपनाए भने हामी प्रतिदिन पाँच मिलियन युनिट बिजुली बचत गर्न सक्छौं ।
क्षेत्रीयस्तरमा यो बचत प्रतिदिन करोडौं युनिट पुग्न सक्छ ।
कृपया माथि दिइएको जानकारीलाई विचार गर्नुहोस् र आफ्नो एसी २६ डिग्रीभन्दा कममा नचलाउनुहोस् । आफ्नो शरीर र वातावरणलाई स्वस्थ राख्नुहोस् ।


