• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home सम्पादकीय

एउटा सुखद समाचार

प्रतीक दैनिक by प्रतीक दैनिक
September 11, 2020
in सम्पादकीय
0 0
0
0
SHARES
0
VIEWS
Share on Facebook


    आजको मानिसको सबैभन्दा प्राथमिकताको वस्तु स्वास्थ्य बनेको छ। कोरोनाकालको अपवाद हटाइदिने हो भने उद्योग, व्यवसाय, विदेशी रोजगार, स्वरोजगारका विभिन्न आयाम, फराकिलो हुँदै गएको सेवा–व्यवसायले गर्दा मानिसको गाँस, वास, कपास पहिलो आवश्यकताबाट सरिसकेको छ। हो, यी सबै कुराको जोहो गर्ने क्रममा मानिसले निकै भागदौड गर्नुपरेको छ र उसमा तनाव थपिएको छ। मानिसले आफ्ना लागि सुविधा खोज्ने क्रममा प्रकृतिको यति दोहन गरेको छ कि अब सुविधाबाट नै असुविधा उत्पन्न हुन थालेको छ। आजीविका र सुविधाको खोजीमा मानिस विश्वभरि भौंतारिइरहेको छ र उसमा शारीरिकदेखि मानसिक व्यग्रताको लक्षण देखिन थालेको छ। मानिसको स्वकेन्द्रित सोच र क्रियाकलापका कारण प्रत्यक्ष्Fतः उसले धेरै प्राप्त गरेको भ्रम पालेको त छ, तर यिनको प्राप्ति जुन प्रक्रियाबाट भइरहेको छ, त्यसले परोक्ष्Fतः धेरै हानि पु–याइरहेको छ, जसको मानिसले भेउ पाएको छैन। त्यसमा पहिलो स्वास्थ्य हो। सुविधाका लागि सामान चाहिन्छ, सामान उत्पादन गर्न कलकारखाना चाहिन्छ, कलकारखानाले प्रकृति र वातावरणको असन्तुलित विनाश गरिरहेको छ।
    स्वास्थ्यको कुरा उठ्नेबित्तिकै चिकित्साको कुरा आउँछ। चिकित्साका लागि चिकित्सक र अस्पताल चाहिन्छ। आज अस्पतालहरू त बग्रेल्ती खुलेका छन्, तर ती सबै, सबैको पहुँचमा छैनन्। चिकित्सा यस्तो सेवा व्यवसाय बनेको छ, जहाँ पुग्नु हुनेखानेका लागि प्रतिष्ठाको विषय बनेको छ। अस्पतालहरूको स्तर बढाएर मनोरञ्जन, ऐश–आरामको केन्द्र– तारे होटल बनाइएको छ। तर शारीरिक रोगको चपेटमा पर्ने वर्गसँग त्यो सामथ्र्य हुँदैन कि यस्ता अस्पताल र यिनका चिकित्सकसँग उपचार गराउन सकून्। यस वर्गलाई सरकारी अस्पताल नै चाहिन्छ, जहाँ न्यून शुल्क लिएर उपचार हुन्छ। सरकारहरूले भने यस्ता अस्पताल तोकेर निर्माण गर्दछन्। अहिले शहरपिच्छे, पहिले त जिल्लामा एउटा भए पर्याप्त मानिन्थ्यो। तर जनसङ्ख्याका साथै बढ्दो रोग र रोगीका कारण एउटा अस्पताल अपर्याप्त हुन थालेको छ। वीरगंजजस्तो महानगरको कुरा छाडौं, साना शहरमा समेत सरकारी अस्पतालहरूले थेग्न नसक्ने गरी स्वास्थ्य सेवाको माग भइरहेको छ। यस्तोमा वीरगंज महानगरस्थित सरकारी अस्पतालको दोस्रो संस्करण निर्माण हुने कुराले सुखद अनुभूति दिएको छ, यस क्ष्Fेत्रका नागरिकलाई। अब नारायणी अस्पतालको दौंतरी थपिने भएको छ र जग्गा निर्धारणसमेत भएको छ।
    देशमा नयाँ संविधान आएसँगै स्वास्थ्य सरकारको दायित्वभित्र परेको छ। सरकारले आफ्नो नागरिकलाई स्वास्थ्य सेवा दिनैपर्छ। यो नेपाली नागरिकको मौलिक हक बनेको छ। पहिले नै मानिस विभिन्न बिमारीको प्रहार झेलिरहेको थियो, त्यसमा आधुनिक युगको अत्यधिक प्रकृति विनाशले ल्याएका रोगहरू पनि थपिएका छन्। पहिले नै रोगहरूको सङ्ख्या कम थिएन–क्यान्सर, मधुमेह, मुटुरोग, मिर्गौला रोग, उच्च रक्तचाप झन् नजानिंदो खालका–सार्स, इबोला, विभिन्न प्रकारका फ्लु, एड्स र अहिले हामीले भोगिरहेको कोरोना (कोभिड–१९)ले मानवजातिलाई संत्रस्त पारेको छ। यस्तोमा सरकारले अस्पतालहरूको सेवालगायत  चिकित्सा प्रणालीको विस्तार गर्नैपर्ने थियो। अब वीरगंजमा दुईवटा सरकारी अस्पतालले स्वास्थ्य सेवा विस्तार गर्नेछन्, कोरोनाको यस महामारीको बेला यो खुशीको खबर हो।

Previous Post

दुखन धामीको शासनकाल

Next Post

रेल आउने भयो तर सञ्चालन अनिश्चित

Next Post

रेल आउने भयो तर सञ्चालन अनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.