• About
  • Advertise
  • Careers
  • Contact
Saturday, December 13, 2025
6 °c
Ashburn
11 ° Sun
2 ° Mon
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home स्वतन्त्र विचार

उत्तरदायित्व बुझोस् वीरगंजले

प्रतीक दैनिक by प्रतीक दैनिक
August 26, 2020
in स्वतन्त्र विचार
0 0
0
उत्तरदायित्व बुझोस् वीरगंजले
0
SHARES
1
VIEWS
Share on Facebook

– सञ्जय साह मित्र

    वीरगंज एउटा शहर त हो तर यो शहर मात्र पनि होइन। वीरगंजको भूगोल पनि छ, वीरगंज एउटा भूगोल मात्र होइन। वीरगंज यस प्रदेशको एकमात्र महानगर हो र देशको आर्थिक राजधानी पनि हो तर यो मात्र किमार्थ होइन। वीरगंजले इतिहासमा धेरै राम्रो काम गरेको छ, इतिहास निर्माण गरेको छ, आफ्नै भरमा इतिहासलाई अगाडि बढाएको छ। देशलाई नै इतिहास दिएको छ। धेरै क्षेत्रमा नवीनताको सुरुआत गरेको छ। अहिले अनेक किसिमका पत्रकारिताले धेरैलाई रोजगार र सूचना दिएको छ, यस क्षेत्रको पनि एउटा पूज्य इतिहास छ, वीरगंजसित। वीरगंजले नै राजधानीबाहिर पहिलोपटक पत्रकारिता शुरू गरेको थियो। पत्रकारिताको हिसाबले वीरगंजलाई मोफसलको मातृभूमि पनि यसै कारण भनिन्छ। अहिले प्रदेशको संरचनामा रहेको यस आठ जिल्लामा पहिलोपल्ट दैनिक पत्रिका निकालेर निरन्तरता दिने पनि यही भूगोल हो। वीरगंज नै त्यो ठाउँ हो, जहाँबाट प्रदेशको पहिलो टेलिभिजन पनि प्रसारणमा आएको थियो। यसरी पत्रकारिता मात्र नभएर सामाजिक जीवनका धेरै क्षेत्रमा वीरगंजको विशिष्ट पहिचान छ, विशिष्ट स्थान छ, विशिष्ट इतिहास छ। वीरगंजलाई देशले त्यत्तिकै सम्मान गरेको होइन। देशका हरेक नागरिकका लागि वीरगंज त्यत्तिकै सम्मानयोग्य बनेको छैन। धेरैको आकर्षणको केन्द्र वीरगंज त्यत्तिकै बनेको होइन। यस ठाउँको महत्व नबुझ्ने कमै छन्। समयक्रममा बिस्तारै यस ठाउँको गरिमा र गर्व सर्वसाधारणले बुझ्दै जानेछन्, वीरगंजले पनि बुझाउँदै जानेछ।
    वीरगंजले दायित्व बुझ्दै नबुझेको पनि होइन। उत्तरदायित्व भुसुक्कै बिर्सेको होइन। वीरगंजले केही गर्दै गरेन भन्ने पनि होइन। वीरगंज आफैंमा धेरै ठाउँको आदर्श हो, उदाहरण हो। वीरगंजले यो कुरो बोल्नैपर्दैन, भन्नैपर्दैन, लेख्नैपर्दैन। अरूलाई नसुनाए पनि धेरै कुरा सुनिन्छ, अरूलाई नबुझाए पनि धेरै कुरा बुझिन्छ, अरूलाई नदेखाए पनि धेरै कुरा देखिन्छ र अरूलाई नपढाए पनि धेरै कुरा पढिन्छ तथा नलेखे पनि धेरै कुरा आफैं लेखिन्छ। वीरगंजले वर्तमानमा के गरिरहेको छ, वीरगंजमा के भइरहेको छ, यी र यस्ता पक्ष तथा प्रश्नको उत्तर वीरगंजले कसैलाई नदिए पनि स्वतः बोलिरहेको, भनिरहेको, बताइरहेको, देखाइरहेको हुन्छ जसको प्रभाव अन्यत्र पनि पर्दछ। जसको अनुकरण अरूले स्वतः स्वाभाविकरूपमा गर्दछन्। वीरगंजबाट नचाहेर वा नजानिंदो किसिमले सिक्दैछन् अरूले। नजानिंदो किसिमले वीरगंजले यस्तो अभिभावकत्व प्रदान गरिसकेको छ। वीरगंजमा पानी परेर कसैले छाता ओढ्यो भने टाढाका मानिसले स्वतः घरबाट निस्कनुअघि छाता नबोकी हुँदैन भन्ने परिसकेको छ। पानी पर्नु र छाता ओढ्नु वीरगंजसितको आलङ्कारिक सम्बन्ध र मनोवैज्ञानिक निर्भरताको दृष्टान्त मात्र हो। वीरगंजले त दृष्टिकोण पनि प्रदान गरेको छ। यसले निर्माण गरिदिएको दृष्टिकोणले पनि विचार, व्यवहार र मनोविज्ञानमा प्रभाव पारेको छ र पारि पनि रहेको छ। यो वीरगंजको उपलब्धि हो।
    वीरगंजका एकजना चर्चित तथा अग्रज पत्रकारसित मोबाइलमा संवाद हुँदै थियो। वीरगंजको के छ ? वीरगंजमा लकडाउन जारी थियो। त्यो लकडाउन जुन देशले गरेको थियो, केन्द्रीय सरकारले गरेको थियो। केन्द्रीय सरकारको लकडाउन देशभरि बिस्तारै खुकुलो भइरहेको थियो, त्यति बेला। लकडाउन समाप्तितिरको समयमा कुराकानी भएको थियो। त्यति बेला संवादमा के आएको थियो भने वीरगंज पूरै लापरवाह भयो। मानिस अलिकति पनि संवेदनशील भइदिएनन्। जताजतै भीडैभीड। सावधानी अँगालेर विभिन्न नियमको परिधिमा रहने गरी केन्द्रीय लकडाउन अन्त्यको घोषणा भएपछिको दिनमा भने वीरगंजले कुनै लामो परतन्त्रतालाई ठूलो सङ्घर्षले पराजित गरेजस्तो अनुभूति ग–यो क्यारे। कुन ठाउँमा बढी भीड गर्ने भन्ने प्रतिस्पर्धाजस्तै हुन थाल्यो। लापरवाहीको पनि प्रतिस्पर्धा जस्तै थियो रे। त्यही बेला कतिपयले एकापसमा सतर्कता अँगाल्दा नचाहिंदो काम गरेको जस्तो मानेर कतिपयले नाक पनि खुम्च्याएका थिए रे। त्यही समयमा केही बुद्धिजीवीले यो पनि चर्चा गरेका थिए कि अहिले बजारमा जुन किसिमको भीडभाड जम्मा हुँदैछ, यसले कतै गम्भीर समस्या त ल्याउँदैन ? गाउँका मानिस शहर र शहरका मानिस गाउँ जाने मात्र होइन, छिमेकी जिल्लाका मानिसलाई पनि वीरगंजले मज्जैले स्वागत गरेको थियो। अब वीरगंजबाट अन्यत्र होओस् कि अन्यत्रबाट वीरगंजमा होओस्, नआउनु पर्ने कोरोना महामारी भित्रियो। महामारीले समुदायमा पहुँच पु–याउन सफल भएपछि एकचोटि फेरि चिन्ताको बादल सबैतिर देखिन थाल्यो। कोरोना सङ्क्रमण वीरगंजमा जब समुदायमा देखा प–यो। यसको प्रभाव छरछिमेकमा पर्नु स्वाभाविक थियो र प–यो पनि।
    वीरगंजले आफूलाई पूर्व, कम्तीमा रौतहटसम्म सम्भवतः यो देखाउन खोज्दै थियो कि म सुरक्षित छु। म सामान्य छु। मलाई केही पनि हुँदैन। अनि वीरगंजको सिको नजीकका पालिकाहरूले सजिलै गर्दछन्। वीरगंजले जे गर्दछ, त्यसको प्रभाव अन्य जिल्लाले पनि ग्रहण गर्दछ। वीरगंजले जुन रूपमा आफूलाई उदार भएर देखायो, त्यस उदारताको उदरमा कहींबाट कोरोना आयात हुन सक्छ र वीरगंजको उदरमा आएको कोरोनालाई वीरगंजले चाहेर पनि पचाउन सक्दैन, अरूको उदरमा त पुग्नै पर्दछ भन्ने हेक्का राख्न सकेन। अनि अन्य पालिकाहरूले आफूलाई सामान्य देखाउन खोजे, अन्य जिल्लाले आफूलाई सामान्य देखाउन खोजे। वास्तवमा अवस्था सामान्य थिएन। असामान्य अवस्थालाई बलजफ्ती सामान्य बताउन खोजिएको थियो। असामान्यलाई सामान्य बताउन खोज्दा उपचारमा समस्या हुन्छ। उपचारमा समस्या हुनुको अर्थ हो रोग निको नहुनु, बल्झिंदै जानु। रोग बल्झिंदै जाँदा पहिलेभन्दा गम्भीर उपचार गर्नुपर्ने हुन्छ। वीरगंजमा त्यही भएको छ अहिले। वीरगंज त यस क्षेत्रकै अगुवा हो। यस कारण पहिले वीरगंजमा निषेधाज्ञा जारी भयो र फेरि रौतहटसम्म निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था सिर्जना भयो। सम्भवतः यस क्षेत्रमा पहिलोपटक वीरगंजले नै स्थानीयस्तरमा निषेधाज्ञा लगाएको हुनुपर्छ। बिस्तारै अन्य पालिकाहरू पनि यस प्रकारको अवस्थामा प्रवेश गरेको पाइयो। वास्तवमा वीरगंजले अनुकरण गर्न सिकाएको होइन, तर वीरगंजविना अझै पनि काम चल्ने अवस्था छैन। वीरगंजमाथि धेरै किसिमको निर्भरता र प्रेम तथा आकर्षणले नजानिंदो किसिमले यति धेरै घनिष्ठता जोडेको छ कि जनजीवनको हरेक क्षेत्रमा वीरगंजको प्रभाव सजिलै देखिन्छ।
    त्यस संवादमा वीरगंजले सबैलाई के सिकाइरहेको छ त ? भन्ने पनि थियो। निष्कर्ष यो आयो कि वीरगंज आफूले सिकेको सबक अरूलाई पनि सिकाउँछ वा वीरगंजको सबक अरूले पनि सिक्नैपर्छ। वीरगंजले जे भोग्दछ, त्यो अरूले पनि भोग्नैपर्दछ। नभन्दै भयो पनि त्यहीं। वीरगंजले सास लिंदा अरूले पनि सास लिनुपर्ने रहेछ, वीरगंज सुस्ताउँदा सुस्ताउनु स्वास्थ्यको लागि राम्रो हुने रहेछ, वीरगंजमा बत्ती बल्दा उज्यालो सबैलाई चाहिने रहेछ, वीरगंज बिहान–बिहान मोर्निङ वाकमा निस्कँदा बिहान–बिहान घुम्नु स्वास्थ्यको हिसाबले राम्रो हुने रहेछ भनेर मान्ने समाज छ अर्थात् वीरगंजको प्रभाव क्षेत्रभित्र ठूलो समुदाय रहेको छ। वीरगंज सोच्दछ भने अरूले किन सोच्नुप–यो ? वीरगंजको विचार नै सर्वोपरि हो। वीरगंजको सोचाइ र विचारमा धेरैको हक लाग्ने रहेछ। वीरगंजको सकारात्मक र नकारात्मक दुवै कुरालाई शिरोधार्य गर्ने एउटा विशाल क्षेत्र रहेकोले वीरगंजले आफ्नो बाटो हिंड्दा ठीक छ तर मेरो बाटोले अरूलाई पनि हिंड्न सिकाउन सक्छ भन्ने पनि विचार गर्नुपर्ने हो कि ? मैले हिंड्न सिकाउँदा उसको हिंडाइको प्रतिच्छाया मेरो गतिमा पनि देखिने हो कि ? केही दिन पहिले वास्तवमा वीरगंज खुकुलो भएपछि वा वीरगंजले सामान्य अवस्थाको जीवनयापन गर्न थालेपछि चारैतिर खुकुलो भएको हो तथा पछिल्लो समयमा वीरगंजका सर्वसाधारणमा देखिएको चिन्ता र त्रास यस क्षेत्रका अन्य मानिसमा पनि देखिन थालेको हो। वीरगंजमा जुन तहको सतर्कता देखिन थाल्यो, अन्यत्र पनि करीब–करीब सोही किसिमको प्रभाव वा सतर्कता देखिन थालेको हो। लापरवाही वा सतर्कतापछि वीरगंजमा देखिने किसिमको अन्य प्रभाव पनि करीब सामञ्जस्यता छ।
    वीरगंजले लापरवाहीको मूल्य र परिणाम सिकायो। आत्मनियन्त्रणमा रहन नसक्दा हुने बेथितिबाट देखिने परिणतिको प्रदर्शन ग–यो। परिस्थितिको कमजोर आकलन गर्दा आउन सक्ने परिवेश भोग्यो र भोग्न लगायो। वर्तमानलाई नै बढी महत्व दिएर अत्यधिक आर्जन वा सङ्कलन गर्न खोज्दा भविष्यको आधार कमजोर हुने पनि स्पष्ट पार्न सक्यो। भविष्यको मूल्य पनि कम नहुने रहेछ भन्ने बतायो। अब सतर्कता र संयमताको मूल्य र महत्व पनि सिकाओस्। अबको समयमा वीरगंजले सबैलाई उत्तरदायित्वको पाठ पनि पढाओस्। यस क्षेत्रलाई जवाफदेही पनि बनाओस्।

Previous Post

कोरोना महामारी कि आतङ्क

Next Post

काम त भइरहेकै छ

Next Post

काम त भइरहेकै छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.