• About
  • Advertise
  • Careers
  • Contact
Thursday, December 11, 2025
12 °c
Ashburn
8 ° Thu
11 ° Fri
  • Login
  • Register
प्रतीक दैनिक - Prateek Daily
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा
No Result
View All Result
प्रतीक दैनिक - Prateek Daily
No Result
View All Result
Home समाचार स्थानीय

अध्यात्म सिद्धि होइन, सिद्धत्व प्राप्तिको पथ हो

प्रतीक दैनिक by प्रतीक दैनिक
August 22, 2020
in स्थानीय
0 0
0
0
SHARES
1
VIEWS
Share on Facebook

    लामा तथा बाक्ला रूख भएको यस जङ्गलको दशा जुन बेला पनि एकनासको देखिन्छ। समय दिउँसोको होस् वा रातिको यस क्ष्Fेत्रमा रात्रिको घनीभूत अँध्यारोले वास गरेको देखिन्छ। सूर्य जुन दिशामा भएपनि यस जङ्गलको मध्यभागमा प्रकाश पुग्नु लगभग असम्भव नै हुन्थ्यो।
    वनको निकटतम क्षेत्रमा विभिन्न जनजातिहरूको निवास थियो, जो जङ्गली जनावरहरूसँग तालमेल बसाएर आफ्नो गुजारा गर्दथे र आफ्नो विभिन्न गतिविधिमा निरत रहन्थे। धार्मिक आयोजनाहरूको क्रममा आज केही गृहस्थ भक्तहरूद्वारा आफ्नो सामूहिक अनुष्ठानको समाप्तिमा साधु–ब्राह्मणहरूका लागि विशाल भोजको आयोजना गरिएको थियो, जसमा सुदूरवर्ती क्ष्Fेत्रबाट सिद्ध महात्मा–तपस्वीहरूलाई सादर आमन्त्रण गर्नुका साथै उनीहरू सबैबाट विशेष आशिष् प्रदान गर्न तथा प्रसाद ग्रहण गर्नका लागि विनम्र आग्रह पनि गरिएको थियो।
    आआफ्नो सुगमता र सुलभताको आधारमा सुदूरवर्ती क्ष्Fेत्रबाट साधु तथा तपस्वीगण आयोजनस्थल पुगेर आफ्नो सहभागिता सुनिश्चित गरिरहेका थिए। सिद्ध गुरु गोरखनाथ पनि विशेष आमन्त्रण पाएर यस पावन आयोजनको सफलतामा आफ्नो शुभकामना प्रदान गर्ने उद्देश्यले आफ्ना एकजना शिष्यका साथ आयोजनस्थलतर्फ लागे।
    अनेकानेक अलौकिक ऋद्धिसिद्धिका ज्ञाता भए तापनि गुरु गोरखनाथ आफ्नो सहजतामा कायम रहेर कहिले पनि अकारण शक्ति–प्रदर्शन गर्दैनथे। सर्वसाधारणझैं प्रकृतिको विधि–व्यवस्थाको पालन गर्दथे। आजको उनको यात्रा यसै स्वाभाविकताका साथ सम्पन्न भइरहेको थियो, जसको अनुसरण उनका शिष्य मूक अवस्थामा मनमनै इष्टमन्त्र जप्दै गरिरहेका थिए।
    जङ्गलको त्यसै सघनतामा प्रवेश गर्नेबित्तिकै गुरु गोरखनाथ केही बेर टक्क अडिएर केही विचार गरिरहेकोजस्तो देखिए। शिष्यले पनि दिशाको अस्पष्टताप्रति सन्देह प्रकट गर्दै गुरुसँग निवेदनस्वरूप भन्न थाल्यो– “गुरुदेव १ सम्भवतः हामी बाटो अलमलियौं।” शिष्यलाई गम्भीरतापूर्वक हेर्दै गुरु गोरखनाथले भने– “होइन वत्स १ मेरा अगाडि मार्ग र प्रयोजन दुवै स्पष्ट छ।” यति भन्दै गुरु गोरखनाथले आँखा चिम्ले र केही क्ष्Fण ध्यानावस्थामा अद्र्धउन्मीलित नेत्रले केही देखेजस्तै मधुरो स्वरमा भन्न थाले– “मलाई त यस पीपलको ठीक सामुन्ने एउटा गाउँ देखिंदै छ, जहाँ पर्याप्त भीड छ र आयोजनका बीच साधु तथा कैयौं गाउँलेहरूको चहलपहल देखिंदैछ। साथै त्यहाँबाट केही भोज्य पदार्थहरूको बास्ना पनि मसम्म पुगिरहेको छ।”
    दूरदृष्टिसम्पन्न गुरु गोरखनाथ यो देखेर आनन्दित भए भने यस्तो विस्मयकारी कुराले शिष्यको मनमा केही कुतूहल उत्पन्न भयो। अहिलेसम्म यस्ता ऋद्धिसिद्धिहरूबारे शिष्यले शास्त्रहरूमा मात्र पढेको थियो, तर प्रत्यक्ष्F घटनामा यसको सम्यक प्रयोग देखेको थिएन। तर पनि आफ्नो उत्सुकता थाती राखेर ऊ पुनः अनुसरण गर्न थाल्यो। शिष्य यो देखेर झन् चकित भयो कि गुरु त जङ्गलको सुगम मार्ग छाडेर, अर्को दुर्गमजस्तो अनजान मार्गमा हिंड्न थाले। केही समयपश्चात् गुरु गोरखनाथ र उनका शिष्य आयोजनस्थल पुगे।
    यात्राको सारा थकाइ, यात्राको क्रममा घटित घटनाभन्दा थोरै थियो, किनकि बितेको समयमा घटित घटनाको साक्षी शिष्यले गुरुद्वारा बताइएको मार्गसमेत आयोजनस्थलको परिदृश्यसँग सम्बन्धित सबै विवरण अक्षरशः सत्य पाए। आवश्यक पूजन कर्मपछि भोजनहेतु उपस्थित गण्यमान्य साधुहरूसँगै गुरु गोरखनाथ बस्नै आँटेका थिए कि उनले शिष्यसँग मसिनो स्वरमा आयोजकहरूलाई भोजनको बैठकको व्यवस्था अन्य स्थानमा गर्न निवेदन गर्न पठाए।
    आयोजकहरूले यसको कारण जान्न खोज्दा गुरु गोरखनाथले भने भूमिभित्र मृतक व्यक्तिहरूको अस्थिको थुप्रो छ, त्यसैले यो स्थान भगवान्को प्रसाद ग्रहण गर्नका लागि उचित छैन। आयोजकहरूलाई ठूलो आश्चर्य भयो कि यति लामो समयदेखि यस ठाउँमा बसेर पनि उनीहरूलाई यस कुराको जानकारी थिएन। गुरुको आज्ञा मानेर आयोजकहरूले भोजनको व्यवस्था अन्य ठाउँमा गरे र कुतूहलतावश त्यो ठाउँमा खनेर वास्तविकता जान्ने कोशिश गरे। शिष्य पनि गुरुका लागि समुचित व्यवस्था गरेर आफ्नो उत्सुकता र जिज्ञासा पूर्तिका लागि आफू स्वयम् त्यस ठाउँमा उपस्थित भयो।
    केही गहिरो खन्नेबित्तिकै मृतक जनावरहरूको हाडको थुप्रो देखियो। आयोजकहरू लज्जित भए र गुरु गोरखनाथप्रति मनमनै आभार प्रकट गर्न थाले। आजको विस्मयकारी घटनाहरूको साक्षी शिष्य विस्मित थियो। गुरुको सिद्धत्वको सम्बन्धमा उसको सन्देह अब पूर्णतः लुप्त भइसकेको थियो। अब उसलाई गुरुको शक्तिको बोध भयो। आश्रम फिर्ता आएपछि एक दिन एकान्तको क्षणमा गुरुसमक्ष उपस्थित भएर गुरुको चरणमा शिर राखेर यस्ता सिद्धिहरूको रहस्य जान्ने इच्छा प्रकट ग–यो।
    “यो कुनै सिद्धि होइन, यो त स्वाभाविक शक्ति हो,” गुरु गोरखनाथले स्नेहयुक्त दृष्टिले शिष्यतिर हेर्दै सम्झाए। शिष्यलाई सम्बोधित गर्दै उनले भने–“आदिशक्तिले कसैसँग पक्ष्Fपात गरेको छैन। सबैलाई समान शक्ति प्रदान गरेको छ। गिद्धको दृष्टि, कमिलाको घ्राणशक्ति, हाँसको रसना, कुकुरको श्रवणशक्ति, अन्धाहरूको स्पर्शशक्ति र माकुराको कालज्ञान सर्वविदित छ। उपयोग नगर्दा यी सबै शक्ति नष्ट हुन्छ र त्यसमा कर्म संस्कारको मल थुप्रिन जान्छ, तर तपस्याद्वारा अशुद्धि हटेपछि मानिसको शक्ति पुनः जाग्रत हुन्छ।”
    समर्थ गुरुले लख काटिहाले कि शिष्यमा सिद्धिप्रति अनावश्यक उत्सुकता र कुतूहल छ, तर उनका लागि यो कुनै महत्वको वस्तु थिएन, तसर्थ उनले शिष्यलाई सम्झाए– “गिद्धादि पक्षी बन्नुको अपेक्षा तिमीले मानवीय चेतनाको स्तरभन्दा माथि उठ्नु छ र त्यो दिव्य बोध प्राप्त गर्नु छ, जुन यस जीवनको लक्ष्य हो। तिम्रो शक्तिको उपयोग त्यसैका लागि हुनुपर्छ। चटक देखाउने मदारीहरूको कौतुकका लागि होइन।” त्यस बेला त शिष्यले गुरुको वचनलाई स्वीकार ग–यो, तर उसको हृदयमा बसेको उत्सुकता मरेन।
    गुरु गोरखनाथको पारखी दृष्टिले यो त ठम्याइसकेको थियो कि शिष्यले जतिसुकै आश्वासन दिए पनि यसलाई ऋद्धिसिद्धहरूको निस्सारता एवं जीवनको वास्तविक लक्ष्यबोधहेतु मेरा वचनभन्दा कहीं बढी तीतो व्यावहारिक अनुभव आवश्यक छ। साधनाबाट सिद्धिको सिद्धान्त सर्वसुलभ छ, तर यसको प्राप्तिका लागि मात्र पुरुषार्थ होइन, गुरुकृपा र प्रकृतिको अनुकूलताको पनि अर्थ हुन्छ, जुन उसलाई प्राप्त भइसकेको छ।
    यसै क्रममा योजनाबद्ध रीतिले केही अनुकूलतायुक्त सुविधा दिएर, आवश्यक सफलताको आशिष् प्रदान गरेर तपस्या गर्नका लागि नेपालको तराईको एउटा उपयुक्त वन क्ष्Fेत्रमा पठाए। गुरुको परोक्ष मार्गदर्शनमा दीर्घकालीन तपश्चर्याको फलस्वरूप उसलाई योगको विभिन्न ऋद्धिसिद्धि प्राप्त भयो। अब आराधनाको समय थियो, र गुरुको आदेश थियो कि समाजमा गएर आफ्नो सामथ्र्य अनुसार मानवताको सेवामा संलग्न होऊ, जसले कालान्तरमा तिमीलाई आत्मस्वरूप दर्शन गराएर स्वयमेव अस्तित्वको विस्तारस्वरूप विश्वमानवसँग जोडेर पूर्णतःको लक्ष्यसम्म पु–याउनेछ।
    अध्यात्मको मार्ग तरबारको धारमा हिंड्नुजस्तो हुन्छ, जसमा व्यक्तित्वमा लुकेको सानोभन्दा सानो दुर्बलताले पनि पतनलाई निमन्त्रित गर्न सक्छ। जनसेवाको पारमार्थिक प्रयोजनहेतु निस्केको यस शिष्यलाई अहङ्कारले दर्प–प्रदर्शनहेतु उक्साएपछि आफ्नो अलौकिक सामथ्र्यको प्रयोग गरेर झूटो शान देखाउने सिलसिला शुरू ग–यो। गर्मीको बेला थियो, आँप पाक्न थालेको थियो, त्यस तपस्वीले नजीकैको एउटा रूखको टुप्पोमा टल्किरहेको पहेंलो आँप टिपेर ल्याउन आदेश दियो। चढ्नका लागि त एकजना मानिस चढ्यो तर आँप सोझो हाँगामा निकै टाढा फलेको थियो, जहाँ पुग्नु कठिन थियो। हाँगा हल्लाउँदा कैयौं काँचो आँप खस्यो, त्यो पाकेको पहेंलो आँप खसेन। “नचाहिने काँचो आँप नखसाऊ,” उसले आदेश दियो।
    विवश भएर लामो बाँसको खोजी हुन थाल्यो, तर असलमा उसलाई त आफ्नो चमत्कार देखाउनु थियो। “म आफैं टिप्छु,” भनेर ऊ उठ्यो। उसको शरीर लम्बिन थाल्यो। निकै लामो शरीर बनाएर उसले हातैले फल टिप्यो। त्यो फल उसले एउटा भक्तलाई जो निकै सम्पन्न थियो, प्रसाद भनेर दियो। शरीर आफ्नो स्वाभाविक स्थितिमा आयो। यस चमत्कारी घटनापश्चात् उसको समीप भीड लाग्न थाल्यो। मानिस त तिललाई ताड बनाउन सिपालु हुन्छ, उसकाबारे चर्चा हुन थाल्यो त्यो साधक त ढुङ्गालाई मानिस र बाघलाई बाछो बनाउन सक्छ। सबैको मनको कुरा बताइदिन्छ। रोगी रोगबाट त्राण पाउन, दरिद्र धन पाउन, सन्तानहीन पुत्र पाउन र यसैगरी आआफ्नो कामनापूर्तिका लागि मानिसहरू आउन थाले। प्रसिद्धिका साथै मायास्वरूप धनसम्पत्ति पनि एकत्र हुन थाल्यो। भव्य मठको निर्माण भइसकेको थियो, बगैंचा पनि बन्यो र आगन्तुकहरू बस्नका लागि धर्मशालाको जग पनि हालिएको थियो।
    दुरुपयोगको क्रम चालू थियो। सेवा त थोरै मात्र भएको थियो, समाजको सत्कार पचाउन अब गा–हो हुन लागेको थियो। तीव्र गतिमा चारैतिर फैलिएको यस मायाको आवरणमा जीवनको मूल दर्शन छुट्यो र प्रकारान्तरमा आर्जित शक्ति–सामथ्र्य पनि सिद्धिन थाल्यो र पतन–पराभवको सिलसिला आरम्भ भयो। अब पालो थियो प्रकृतिले दिएको मूल्य चुकाउने। मानिस त मानिस नै ठहरे, जबसम्म काम बन्दछ, पूजा गर्छन्। अन्यथा प्रतिकूलतामा भगवान्लाई सराप्न चुक्दैनन् भने यस सिद्धिको औकात नै के। सारा यश अपयशमा परिणत हुन थाल्यो। शिष्यद्वारा प्रकृतिको शक्तिको अनावश्यक दोहनको परिणामस्वरूप यो दुर्गति हस्तगत भयो। शिष्यको दशा यस्तो भयो कि गुरुको शरणमा जानुको अतिरिक्त कुनै उपाय शेष रहेन। ऊ व्याकुल अवस्थामा वनको बाटो भएर ज्यान जोगाउँदै भाग्यो।
    सौभाग्यवश गुरु गोरखनाथ नजीकै घाघरा नदीको दोस्रो तटमा एउटा वटवृक्षको सघन छायामा एउटा ढुङ्गामा व्याघ्राम्बरमा शान्त बसेका थिए। धुनी बलिरहेको थियो र चिमटा भूमिमा गाडिएको थियो। दुवै कानमा विशाल मुद्रिका झुन्डिएको थियो। गुरु पनि के, जसलाई शिष्यको अन्तस् वा बाहिरको प्रतिपल ज्ञान नहोस्। तसर्थ पूर्व सुनिश्चित योजना अनुसार उपयुक्त समयमा शिष्यको कामनाहरूमाथि अन्तिम प्रहार गरेर उसको सुप्त चेतनालाई जगाउनहेतु उनी त्यहाँ उपस्थित थिए।
    पूरा चौध वर्षपछि शिष्यलाई आफ्नो गुरुको श्रीचरणमा उपस्थित हुने सुयोग प्राप्त भएको थियो। शिष्य गुरुको श्रीचरणमा शिर राखेर शिशुझैं धुरुधुरु रुन थाल्यो। बितेको अनुभव शिष्यका लागि पर्याप्त थियो। अश्रुको माध्यमले जहाँ चेतनामा जमेको सम्पूर्ण मल पखालियो, त्यहीं गुरुको दिव्य स्पर्शले ऊभित्र ज्ञानको चेतना प्रकाशित गरिदियो।
    वास्तवमा बोधलाई ज्ञानको आवश्यकता हुँदैन, यो त आत्माको अनन्त गहराइबाट निस्सृत हुन्छ र तत्क्षण नै सम्पूर्ण जीवनलाई प्रकाशित पारिदिन्छ। तब पनि शिष्यलाई जीवन–दिशा देखाउने उद्देश्यले गुरु गोरखनाथले भने– “वत्स १ पशु र जड बन्नका लागि यो तपस्या गरेका थियौ र ? तिम्रो हात जतिसुकै लामो किन नहोस्, वृक्षभन्दा लामो हुन सक्दैन र अध्यात्म पथ मनोकामनाको पूर्ति हेतु त होइन। यो पथ सिद्धिहरूको आर्जनका लागि होइन, सिद्धत्व आर्जनका लागि हो। अब फेरि चौध वर्षपछि भेट्नेछु।” गुरु गोरखनाथले चिमटा र व्याघ्राम्बर उठाए र सघन वनमा विलीन भए। उनी पुनः चौध वर्षपछि त्यस शिष्यलाई भेटे कि भेटेनन्, त्यो त थाहा भएन तर इतिहास साक्षी छ कि आफ्ना गुरुले बताएको मार्गमा हिंडेर सिद्धनाथले शाश्वस्त सिद्धि प्राप्त गरेका थिए र आफ्ना गुरुदेवको समान नै महानताको शिखरमा पुग्न सकेका थिए। यही अध्यात्मको सच्चा मर्म हो।

Tags: आइतवार विशेष
Previous Post

२०७७ भदौ ०६ गते शनिवारको प्रतीक दैनिक

Next Post

कोरोना कहरमा अर्थसामाजिक दैनिकीका सकस

Next Post
कोरोना कहरमा अर्थसामाजिक दैनिकीका सकस

कोरोना कहरमा अर्थसामाजिक दैनिकीका सकस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

I agree to the Terms & Conditions and Privacy Policy.

हाम्रो बारेमा

सञ्चालक एवं प्रबन्ध निर्देशक

प्रकाशक                           : प्रतीक प्रकाशन समूह प्रा. लि.,वीरगंज-११
प्रधान सम्पादक                 : जगदिशप्रसाद शर्मा
व्यवस्थापक/सम्पादक         : विकाश शर्मा
सम्पादक                           : शत्रुघ्न नेपाल/खड्गबहादुर श्रेष्ठ (प्रताप)
समाचार सम्पादक              : आरके पटेल
बारा विशेष प्रतिनिधि          : गम्भीरा सहनी
विज्ञापन                             : विकाश शर्मा (९८४५०२१९१०, ९८५५०२२६८०)

मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छपाखाना)
त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज(११) (नेपाल), पोष्ट बक्स नं.७९, फोन नं. ०५१-५२५१२२, ५२३१०५
email-prateekdaily@gmail.com, prateekdainik@yahoo.com

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.
All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • आजको प्रतीक दैनिक
  • समाचार
    • स्थानीय
    • प्रमुख समाचार
    • राष्ट्रिय
    • अंतरराष्ट्रीय
  • खेलकुद
  • प्रतीक दैनिक
    • सम्पादकीय
    • स्वतन्त्र विचार
    • वाटिका
  • आर्थिक
  • अर्थविशेष
    • अर्थ–उद्योग–वाणिज्य
    • समयान्तर
    • मन्तव्य
    • स्वान्त सुखाय
    • शिक्षा नेपाल
  • शिक्षा नेपाल
  • फिचर
  • सम्पर्क
    • सम्पादक मण्डल
      • विज्ञापन दररेट
      • विज्ञापन
      • हाम्रो बारेमा

© 2025 Prateek Daily. Designed & Developed by Sukdev IT Solution.

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.