प्रस, पर्सागढी, ६ जेठ/
पर्सागढी नगरपालिका-४ परशुरामपुर निवासी दुईजना युवकबीच भएको झगडामा एकजनाले छुरा प्रहार गर्दा अर्का युवक घाइते भएका छन् ।

शेख समसेद (राजु) र भोला साह देवानबीच आज बिहान झगडा भएको र भोला साह देवानको छुरा प्रहारबाट शेख समसेद घाइते भएका हुन् । समसेदका पिताले छोरामाथि छुरा प्रहार गरिएको बताए ।

छुरा प्रहारबाट शेख समसेदको घाँटीमा खत भएको छ । उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगंजमा भर्ना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here