सीमावर्ती भारतीय बजार सुनसान

43

प्रस, सप्तरी, २४ चैत/
कोरोना सङ्क्रमण बढेसँगै सीमावर्ती भारतीय बजार सुनसान भएको छ। नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरिएपछि नेपालीहरू भारतीय बजारमा जाने क्रम घटेकाले भारतीय बजार सुनसान भएको हो।
कोशी गाउँपालिकासँगै सीमा जोडिएको भारतीय बजार भीमनगर पनि सुनसान भएको छ। उक्त बजारमा यतिबेला नेपाली ग्राहकको सङ्ख्या शून्य प्रायः रहेको भारतीय व्यापारीहरूले बताए। पछिल्लो केही महीनायता सीमा केही खुकुलो भएपनि फेरि कोरोनाको सङ्क्रमण वृद्धि भएपछि यातायात आवतजावतमा समेत कडाइ गरिएको छ।
मुख्य नाकामा कडाइ भएसँगै केही व्यापारी लुकीछिपी आवतजावत गर्ने गरेका छन्। फेरा परेको अवस्थामा सुरक्षाकर्मीले कारबाई गर्ने र सामानसमेत जफत गर्ने भएकोले समस्या भएको सीमावर्ती नेपाली व्यपारीहरूको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्