फेसबूक ह्याक गरेको आरोपमा बालक पक्राउ

56

प्रस, वीरगंज, २४ चैत/
फेसबूक ह्याक गरेको आरोपमा पर्साका एक जना १४ वर्षीय बालकलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको छ। ब्युरोको टोलीले केही दिन पहिले नै नियन्त्रणमा लिएको बालकबारे मङ्गलवार सञ्चारकर्मीहरूलाई प्रहरीले जानकारी गराइएको हो।
पक्राउ पर्नेमा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं ५ बस्ने १४ वर्षीय बालक छन्। उमेर नपुगेको कारण प्रहरीले उनको नाम सार्वजनिक गर्न चाहेको छैन। उनले मुलुकका चर्चित कलाकार सरोज खनाल, दीपाश्री निरौलालगायतका फेसबूक एकाउन्ट ह्याक गरेको आरोप छ। पक्राउ परेका बालकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्