होलीको बोली

36

मुकुन्द आचार्य

वर्ष दिनको चाड। लामो समयदेखि यस चाडलाई ढुकेर बसेका मनहरू रमाउने, गाउने, नाच्ने, बजाउने धोको बोकेर बाँचिरहेका हुन्छन, फागुको आसमा। अर्को पहाडे समुदायले दशैं कुरे जस्तै। उत्सव प्रिया: मानवा: १ मान्छे उत्सवप्रेमी हुन्छन्।
त्यसो त होली आयो–गयो। हिन्दू समुदायलाई यसले क्यै दिएरै जान्छस क्यै लिएरै जान्छ। सबैले आफ्नो गच्छे अनुसार होलीबाट नाफा–नोक्सान क्यै न क्यै लिन्छन्, दिन्छन्। यस्तै सुदीर्घ परम्परा रहिआएको छ।
त्यसैगरी, होलीको बेलामा बोलीको पनि उपद्रो ख्याल राख्नुपर्ने हुन्छ। हाड नभएको जिभ्रो, चिप्लियो भनेर सुख पाइन्न। भोजपुरी भाषामा यौटा यस्तो उखान छ– ‘इहे जीभ पान खियावे, इहे जीभ जुतियावे १’ अर्थात् यै जिभ्रोले पान पनि ख्वाउँछ (आदर–सम्मान दिन्छ), यै जिभ्रोले जथाभावी बोल्यो भने जुत्ताको मार पनि ख्वाउँछ १ जिभ्रोको डबल रोल छ। सावधान !
अनि होलीमा भाङको गोली खायो भने बोली त बिग्रन्छ १ अनि ‘चिकनी चमेली पौवा चढाके आई १’ भन्दै आइटम गीत गाएर उफ्रन थालेपछि वातावरण विषाक्त त हुने नै भयो। सुरापान गरेर चुरा लाउने हात समाउन गयो भने के हुन्छ होला, कल्पना गर्नुस् र त्यतिखेर ‘बुरा न मानो होली है !’ भनेर उम्कन पाइन्न ! लात, लाठो, जुत्ता, चप्पल, मुडकी, गाली यसको घनघोर वर्षा खेप्नुपर्ने हुन्छ।
तर अचेल मान्छे धेरै बाठा भॉहुनाले कसै–कसैले त अङ्ग्रेजीमा गाली गर्छन्, अर्कोले नबुझोस् भनेर। नबुझिने भाषामा कसैले कसैलाई गाली ग–यो भने, त्यहाँ झट्ट महाभारत मचिन्न। के भन्यो, के भन्यो भन्दै मान्छे पाखा लाग्छ।
यसको अर्थ हो, गाली वा दुर्वचन पनि दिनु–लिनुमा भर पर्छ। भगवान् बुद्धलाई शिष्यले सोधेछन्– भगवान्, हजूरलाई आज फलानोले कति गाली ग–यो, तथानाम भन्यो, तर हजूर चै मुसुमुसु हाँसेर सुनिरहनुभयो। भगवान् बुद्धले सम्झाएछन्– उसले मलाई दियो, त्यो गाली मैले नलिएपछि त्यो गाली उसैसँग रह्यो। यसमा मैले किन चित्त दुखाउनु ?
तर हाम्रो समाजमा त गाली पनि प्रेमले दिने चलन छ। प्रेमपूर्वक जन्तीहरू खान बसेका हुन्छन्। अनि त्यै बेलामा भित्रबाट प्रेमपूर्वक महिलाहरूले जन्तको बुबाआमाको नामै लिएर तथानाम गालीको वर्षा गर्छन्। बिहे भोजमा जन्तहरू मिठाइ र गाली दुवै मिसाएर स्वाद मानी–मानी खान्छन्। त्यतिखेर कटु वचन पनि फूलझैं प्रिय बुझिन्छन्।
फागुको निहुँमा, ‘जोगिरा सरर…!’ भन्दै अनेकथरी घोचपेंच गर्ने रमाइलो प्रचलन हाम्रो सभ्यता र संस्कृतिको अविभाज्य अ· भइसकेको छ। समाजका विकृतिहरूलाई आफ्नै पारामा व्यङ्ग्यबाण चलाएर काँटछाँट गर्ने परम्परा त पुरानै रै‘छ। हामी उहिल्यैदेखि सुधारवादी हौं भन्ने कुरामा त अब शड्ढा रहेन।
अनि सारा विरोध, आक्रोश, घृणा, वितृष्णाको एकमुस्ट भुक्तानी गर्ने सुनौलो अवसर यै फागुको बेला–मौकामा त हो नि ! ‘बुरा न मानो होली है !’ भन्यो अनि बोलीको गोली दाग्यो। होलीमा पनि मान्छे गाली सुन्ने मूडमा हुँदैन।
तथापि हाम्रा अति आदरणीय पुर्खाहरूले चै यसो पो भनेका छन् त– ‘सत्यं ब्रूयात्, प्रियं ब्रूयात् मा ब्रूयात् सत्यमप्रियम’ (साँचो बोल, प्रिय बोल तर सत्य भएपनि अप्रिय नबोल !) अर्थात् अप्रिय कुनै हालतमा नबोल।
सुगएका राँगोले मात्र हैन, सबैले जिभ्रोलाई वशमा राख्नैपर्छ। द्रौपदीले दुर्योधनलाई ‘अन्धोको छोरा अन्धो’ भनेको हुनाले पनि महाभारत भएको थियो रे। हुन सक्छस महाभारत युद्धको एक कारण यो पनि हो कि १? शत्रुलाई पनि मित्र बनाउने फागुको मौकामा चौका हान्न हामीले किन नसकेको होला १ अर्को होली नआउन्जेल यसबारेमा राम्ररी चिन्तन मनन गर्नुहोला !

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्