बदलिंदो वैवाहिक पद्धति र हुनुपर्ने नवीनता

44

सञ्जय मित्र

विवाह निकै परम्परागत संस्कार हो। पहिलेदेखि नै भगाएर वा अपहरण गरेर गर्ने विवाह प्रचलनमा रहे पनि परम्परागत विवाह वा दुवैतिरका अभिभावकको मन्जुरीमा गरिने विवाहको मान्यता आप्mनै किसिमको रहेको छ। हाम्रो सामाजिक परम्परामा अहिले पनि अभिभावकको स्वीकृति वा अनुमतिमा अथवा अभिभावकले नै खोजिदिएर सम्पूर्णरूपमा अभिभावककै निर्देशनमा विवाह हुँदा राम्रो मान्ने चलन रहेको छ। यद्यपि अन्तर्जातीय विवाहले पनि सामाजिक स्वीकृति पाउँदै गएको छ।
अभिभावकको स्वीकृति तथा निर्देशनमा हुने विवाह प्रायः धूमधामले हुने गरेको छ। यस विवाहमा अभिभावकले सबै किसिमले खुलेर खर्च गरेका हुन्छन्। आप्mनो शक्ति र क्षमता सबै अभिभावकले देखाउने अवसर पाउँछन्। यसैले अभिभावकले आप्mना छोराछोरीको विवाह गर्दा आप्mनो क्षमता देखाउने अवसर पनि पाएका हुन्छन् भनिन्छ। सम्भवतः यसै कारण अभिभावक बढी खुशी वा सन्तुष्ट हुने गरेका छन्।पहिलेको विवाह र अहिलेको विवाह पद्धतिमा धेरै भिन्नता आइसकेको छ। पहिले ग्रामीणदेखि शहरी क्षेत्रसम्म विवाहका सम्पूर्ण पद्धति बेहुली पक्षको घरको मडवामा सम्पन्न हुन्थ्यो। अहिले स्वयंवरको प्रचलन अत्यधिक बढेको छ। स्वयंवरको प्रचलनले गर्दा विवाहको पद्धति परिवर्तन भएको छ।
पहिले विवाह हुँदा विवाहमा जाने दुलहा पक्षका केही विशिष्ट मानिसहरूको मडवामा ठूलो स्वागत तथा सम्मान हुन्थ्यो तर अहिले यसले अर्कै रूप लिएको छ। दुलही पक्षको घरको आँगनमा बनाइएको मडवामा पण्डितजीको पनि ठूलो सम्मान हुन्थ्यो। पण्डितजीले गर्वले विवाह गराउँथे। दुलहा र दुलही दुवैतिरका अभिभावकका मुख्य आफन्त तथा गन्यमान्य मानिसहरू मडवाको चारैतिर बसेर विवाहको साक्षी बस्दथे। त्यस विवाहमा निकै ठूलो हार्दिकता र आत्मीयता हुन्थ्यो।
अहिले परिवर्तित पद्धतिमा बिहेको एक भाग माला लगाउने काम थपिएको छ। दुलहा–दुलहीले एकले अर्कालाई माला लगाएपछि ताली बजाउनेदेखि जे जे गर्नुपर्ने हो, गरिन्छ। अनि खाना खाएर प्रायः मानिस फर्किन्छन्। विवाह हेर्न गएका मानिसले पनि विवाह हेर्न पाउँदैनन्। माला लगाउने पद्धति हेरेर फर्किरहेका हुन्छन्। यसको सकारात्मक पक्ष यो भएको छ कि विवाहमा जाने जति सबैले दुलहीलाई भने हेर्न पाउँछन्। परम्परागत विवाह पद्धतिमा दुलहीको अनुहार हेर्नु दुर्लभ कार्य हुन्थ्यो।
अहिले स्टेजमा हुने रमाइलोलाई नै विवाहको पद्धतिमा थप केही प्mयुजन गर्न सकिन्छ। अहिले बनाइने स्टेजमा नै मडवा पनि बनाउने र अहिले हुने कामलाई जस्ताको त्यस्तै सम्पन्न गरी त्यहीं मडवा बनाइएको हुनाले पण्डितजीले सबैको अगाडि आप्mनो पद्धति पनि गर्दा हुन्थ्यो। जसरी अहिले स्टेजको एक पक्ष र घरभित्र अर्को पक्ष गरी विवाहलाई दुई पक्षमा विभाजन गरी पद्धति बनाइएको छ, यसमा थोरै परिमार्जन गर्ने हो भने पण्डितजीको विवाह पद्धतिलाई पनि दुवैतिरका सम्मानित सबैले हेर्न पाउँथे। मलाई के लाग्छ भने पण्डितजीको कामको सम्मान झन् बढी बढ्ने हुन्छ। विद्वताको कदर हुने र पण्डिजीको काममा पनि केही परिष्कार हुने हुन्छ। यसले गर्दा पण्डितजीलाई केही थप आर्थिक लाभ पनि हुने सम्भावना हुन्छ।
जहाँ सयौंजना हुन्छन्, त्यहाँ पण्डितजीले आपूmले गराउने विवाहको रेकर्ड पनि राख्न थालिन्छ। सयौंजनाको बीचमा पण्डितजीको पद्धतिलाई भिडियो क्यामराले रेकर्ड गर्दा पण्डितजीको सम्मान बढ्ने, पण्डितजीले पनि उच्च आसन पाउने तथा पण्डितजीको सामाजिक मूल्यमा थप वृद्धि हुने निश्चित हुन्छ। वर्तमान अवस्थाको विवाह पद्धतिले पण्डितजीको कामलाई गौण बनाइदिएको छ, जुन वास्तवमा विवाहको सबैभन्दा महत्वपूर्ण पक्ष हो।
अहिले विवाहको जुन पद्धति स्टेजमा भइरहेको छ, त्यो नवीनता हो र स्टेजको पद्धतिपछि जुन पद्धति घरको मडवा भइरहेको छ, त्यो परम्परागत पद्धति हो। दुई अलग–अलग काम जस्तो भइसकेको विवाह संस्कारकै परम्परागत र नवीन पद्धतिमा प्mयुजन गराएर दुवैलाई एकै स्टेजमा नै गराउँदा निकै राम्रो हुन्थ्यो। हाम्रो समाजमा परम्परादेखि नै बनाइँदै आएको मडवालाई नै केही सुधार गरी स्टेजको स्वरूप दिने जसमा आप्mनो सामाजिक परम्परागत संस्कार झल्कियोस् र जसलाई देश–विदेशका मानिसहरूले फेसबूक, अनलाइन वा अन्य सामाजिक सञ्जालका साथै रेकर्ड भिडियोलाई हेर्दा विवाह पद्धतिको परम्परागत स्वरूप पनि झल्कियोस्। परम्परागत पहिरन तथा परम्परागत संस्कार र मूल्य मान्यताहरू स्टेजमा नआएर एउटा कुनामा थन्किएको छ, जसको मूल्यमा बिस्तारै –हास आउने सम्भावना पनि बढाएको छ। यस अर्थमा अहिलेका मुख्य पण्डितजीहरू, विवाहको संस्कारका जानकारहरू, संस्कृतिविद् तथा बुद्धिजीवीहरूले मिलेर एउटा निष्कर्ष निकाली हाम्रो सामाजिक पद्धतिको वैवाहिक संस्कारलाई नवीनतासित जोडेर विश्वव्यापीकरण गर्नु आवश्यक भइसकेको छ। हाम्रो मौलिक पद्धतिलाई बचाउनु उत्तिकै जरुरी छ र आधुनिकतासित पनि एकाकार गर्नु आवश्यक देखिएको छ। यी दुवै अवस्थालाई एकाकार गरिएन भने हाम्रो मौलिक पद्धतिको हविगत के होला भन्न सकिन्न। यसप्रति समयमैं सबै पक्षको ध्यानाकर्षण हुनु आवश्यक छ। हाम्रो वैवाहिक परम्परागत संस्कार हरायो भने यससित सम्बन्धित विभिन्न लोकगीत तथा संस्कारका पद्धतिहरू पनि इतिहासमैं विलीन हुने खतरा रहने कुरामा दुई मत नहोला। संस्कृतिको क्षेत्रमा सकारात्मक दृष्टिकोण राख्ने र मौलिक संस्कृतिलाई माया गर्नेहरूले गम्भीरतापूर्वक विचार गर्नु समयको माग भइसकेको बुझ्नुपरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्