डिपिएसको १७औं वार्षिकोत्सव सम्पन्न

51

प्रस, वीरगंज, २१ फागुन/
दिल्ली पब्लिक स्कूल वीरगंजले १७औं वार्षिकोत्सव मनाएको छ।
बाराको परवानीपुर गाउँपालिका वडा नं ४ चैनपुरस्थित विद्यालय परिसरमा विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो।
कार्यक्रममा एलकेजीदेखि कक्षा १२ सम्मका विद्यार्थीले विविध प्रस्तुति प्रदर्शन गरेका थिए। कार्यक्रममा कराँते, कथक नृत्य (लावनी), नेपाली नृत्य, हिन्दी नृत्य, नाट्य कथा तथा नेपाली र अङ्ग्रेजी गीतमा गायन पनि प्रस्तुत गरिएको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखमचन्द अग्रवालको अध्यक्ष्Fता तथा भारतीय महावाणिज्य दूतावासका कन्सुलर डा. कोट्रास्वामीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य सत्यनारायण अग्रवाल, चौधरी ग्रुपका एडुकेशन हेड गर्ली अग्रवाल, सिजी फाउन्डेशनका एकेडेमिक हेड भूषणचन्द सेन गुरुङलगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक गौरीशङ्कर चौधरीले बताए। कार्यक्रमको अन्त्यमा विद्यालयका उपप्रधानाध्यापक रञ्जीव आनन्दले विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी, सम्पूर्णमा धन्यावद ज्ञापन गरे।
कार्यक्रममा प्रमुख अतिथि डा. स्वामीले विद्यार्थीहरूको चौतर्फी विकासको लागि अतिरिक्त क्रियाकलाप आवश्यक रहेको बताए। उनले डिपिएसले विद्यार्थीहरूको प्रतिभा निखार्न विविध क्रियाकलापहरू समेटर कार्यक्रम गरेकोमा प्रशंसा गरे।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्