२५ लाख ३५ हजार रकमसहित दुईजना पक्राउ

68

प्रस, बारा, १३ फागुन/
बाराको कलैया उपमहानगरपालिका वडा नं ८ बरेवाटोलस्थित कलैया–मटिअर्वा सडकखण्डमा चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २५ लाख ३५ हजार नगदसहित प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बिआर०५के०७९८ नम्बरको भारतीय मोटरसाइकल शङ्काको आधारमा चेकजाँच गर्दा बुधवार सो रकम बरामद भएको हो। मोटरसाइकलमा सवार व्यक्तिहरूको शरीर र मोटरसाइकलको डिक्कीबाट समेत नेरु १००० दरको १७७२ थान र नेरु ५०० दरको १५२६ थान गरी जम्मा २५ लाख ३५ हजार नगद बरामद भएकोमा रकम सम्बन्धमा सोधपूछ गर्दा निजहरूले स्रोत नखुलाएको जिप्रकाले जनाएको छ। बरामद रकम र मोटरसाइकलसहित मोटरसाइकल चालक भारत बिहार पूर्वी चम्पारण, नरकटिया–७ टोल बस्ने वर्ष ३५ का चन्द्रशेखर प्रसाद र मोटरसाइकल पछाडि बसेका भारतको सोही स्थान घर बताउने वर्ष ३८ का सञ्जय कुमारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिप्रका बाराका प्रहरी निरीक्ष्Fक सुरेन्द्र यादवले बिहीवार जानकारी गराए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्