तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता शुरू

89

प्रस, बिरुवागुठी, १ फगुन/
पर्सागढी नगरपालिकामा शनिवारदेखि तेस्रो पर्सागढी गोल्डकप फूटबल प्रतियोगिता शुरू भएको छ।
आमोदेवी युवा स्पोट्र्स क्लब  पर्सागढी–३ पकडिया बडनियारद्वारा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियाले गरेका थिए। उद्घाटन समारोहमा प्रदेशसभा सदस्य राजेश्वर साह तेली, नगरप्रमुख लोकनारायण यादव, उपप्रमुख अर्चना चौधरी र वडाध्यक्षहरूले प्रतियोगिता सफलताको लागि शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा अरुणप्रकाश रेग्मीले स्वागत र बलिराम शुक्लले सहजीकरण गरेका थिए।
प्रतियोगितामा मुख्य रेफ्री शशी मगरलाई नेका केन्द्रीय सदस्य चौरसियाले फूटबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए। उद्घाटन खेलमा वीरगंज युनाइटेडले मकवानपुर हेटौंडालाई दुई गोलअन्तरले पराजित गरेको छ।
वीरगंज युनाइटेडका लक्ष्मण चौधरी र कृपा चौधरीले मध्यान्तरपछिको एक/एक गोल गरेका थिए।
पहिलो गोल गर्ने लक्ष्मण चौधरीलाई समाजसेवी लक्ष्मण श्रेष्ठले नगदबाट पुरस्कृत गरेका थिए।
भोलिको खेल सशस्त्र प्रहरी बल बर्दिबास महोत्तरी र आयोजक आमोदेवी युवा स्पोट्र्स क्लब बडनियारबीच हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्