हरि खेतानमा दृष्टि क्यान्सर सचेतना शिविर सम्पन्न

74

प्रस, वीरगंज, २४ माघ/
वीरगंजस्थित हरि खेतान बहुमुखी क्याम्पसमा गठित रिसर्च म्यानेजमेन्ट सेलको आयोजनामा ब्रेस्ट क्यान्सर अवेयरनेस सेमिनार शनिवार सम्पन्न भएको छ।
सेलका संयोजक रञ्जना झाको अध्यक्ष्Fतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका डा श्रृष्टिना प्रधान मुख्य अतिथि थिए। सो अवसरमा डा प्रधानले ब्रेस्ट क्यान्सर हुने कारण, अपनाउनुपर्ने सावधानी र उपचारबारे जानकारी गराएकी थिइन्। क्यान्सर रोगबाट मुलुकमा बर्सेनि सयौंजनाको ज्यान जाने गरेको स्मरण गराउँदै उक्त रोगको लक्षण र रोकथामका उपायबारेमा सबैजनाले जानकारी लिन आवश्यक रहेको उनले बताइन्।
सेमिनार कक्षमा आयोजित कार्यक्रममा स्नातक र स्नातकोत्तर तहका छात्राहरूको सहभागिता थियो। सहायक क्याम्पस प्रमुख सीताराम शरणले स्वागत गरेको कार्यक्रममा लक्ष्मणबहादुर कँुवरले सहजीकरण गरेका थिए। सो अवसरमा हरि खेतान बहुमुखी क्याम्पसका प्रमुख डा भगवानप्रसाद यादवले प्रमुख अतिथि डा प्रधानलाई सम्मान गर्नुका साथै सेमिनारबाट लिएको शिक्षालाई गहनताका साथ व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्