२ महिलासहित ३२ जनाद्वारा रक्तदान

79

प्रस, पोखरिया, १६ माघ/
छिपहरमाई गाउँपालिकाको आयोजनामा शुक्रवार भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
छिपहरमाई गापा–५ भिस्वामा आयोजित रक्तदान कार्यक्रममा शम्भु साह, गुड्डु गुप्ता, परमानन्द यादव, शनि कुमार, बिकाउ साह कानू, मनोज पटेल, उर्मिला पौडेल, पुतली विक, टुना महतो केवट, वीरेन्द्र महतो, तबरेज आलम, लालमहम्मद आलम, मुकेश चौरसिया, अर्जुन दास तत्वालगायतले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा केन्द्रका प्राविधिक जीतेन्द्र साहले प्राविधिक सहयोग पु–याएका थिए।
यसअघि रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गापा अध्यक्ष मनोज गुप्ताले रगतको अभाव हुन नदिन गापाले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए। रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले मानवीय सेवामा गापाले संलग्नता देखाएको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्