सत्यतथ्य समाचार आओस्– नगरप्रमुख सरावगी

105

प्रस, वीरगंज, १६ माघ/
वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले सत्यतथ्य समाचार प्रकाशित गरेर जनतालाई सुसूचित गर्न आग्रह गरेका छन्।
शुक्रवारदेखि प्रकाशित कालिका टाइम्स दैनिकको विमोचन गर्दै नगरप्रमुख सरावगीले गलत समाचार सम्प्रेषण गर्ने प्रवृत्तिमा अङ्कुश लगाएर पत्रकारहरूले सत्यतथ्य समाचार प्रकाशित गरी जनतालाई सही दिशानिर्देश दिन आग्रह गरे। भ्रम सृजना गर्ने समाचारबाट पत्रकारिताको मूल्य–मान्यता घटिरहेकाले यसबारे पत्रकार स्वयम् सचेत हुनुपर्ने सुझाव दिए।
नेपाल पत्रकार महासङ्घ, प्रदेश अध्यक्ष दीपेन्द्र चौहानले सरकारले सञ्चारक्षेत्रमाथि अङ्कुश लगाइरहेको आरोप लगाए। नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले अहिले सञ्चारक्षेत्र निर्बाधरूपमा सञ्चालन भइरहेको दाबी गरे।
पत्रिकाका निर्देशक छठु साहको अध्यक्षतामा भएको कार्यक्रममा जिसस पर्साका सभापति नेक महम्मद अन्सारी, नेकाका जिल्ला सचिव श्याम पटेल, एमालेका रहबर अन्सारी, जगरनाथपुर गापा अध्यक्ष जालीम मियाँ, सखुवाप्रसौनीका गापा अध्यक्ष प्रदीप जैसवाल, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष केसी लामिछाने, प्रेस सेन्टर पर्साका नीरज पिठाकोठे मगर, प्रेस फोरमका अध्यक्ष आरके पटेल, जसपाका तबरेज अहमदलगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्