सुशासन अभियानको पोखरियामा सभा सम्पन्न

94

प्रस, पोखरिया, १५ माघ/
नेपाल सुशासन अभियानले पोखरिया नगरपालिकामा सभा गरेको छ।
अभियानका संयोजक पूर्व प्रहरी नायब महानिरीक्षक रमेश खरेलले सभाको उद्घाटन गर्दै मुलुकमा अन्याय, अत्याचार, भ्रष्टाचारले सीमा नाघेको बताए। उनले देशभरि अनियमितता चरम सीमामा पुगेकोले सुशासन अभियान सञ्चालन गरेको दाबी गरे।
संयोजक खरेलले सबैखाले विकृतिविरुद्ध जनतालाई आवाज उठाउन आग्रह गरे। विकृतिविरुद्ध उठ्ने आवाजले देशमा सुशासन कायम हुने भन्दै उनले भ्रष्टाचार, अन्याय, अत्याचारलाई नसहेर सोको विरुद्धमा खडा हुन आग्रह गरे।
अभियानका राजकुमार यादवले मुलुकमा भ्रष्टाचार व्याप्त भएको र त्यसैको परिणाम नेकपामा विभाजन आएको बताए। उनले जनताले पाँच वर्षको लागि सत्तामा पु–याए पनि प्रधानमन्त्रीले संसद् विघटन गरेर मध्यावधि निर्वाचन गराउन खोजेको भन्दै सोको विरोध गर्नुपर्ने बताए। उनले देशमा भ्रष्टाचार बढ्दै गएको र त्यहीसँगै विकृति मौलाएको बताए।
अभियानका शङ्कर यादवको अध्यक्ष्Fतामा भएको कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी कुशवाहा, वडाध्यक्ष सोनालाल चौरसिया, स्थानीय कल्पना चौधरी, मधुसूदन चौरसियालगायतले मन्तव्य व्यक्त गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्