सुरक्षाकर्मीको संलग्नतामा पर्सा जिल्लामा व्यापक गाँजा खेती

91

प्रस, वीरगंज, १५ माघ/
पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा यस वर्ष व्यापक गाँजाखेती भएको पाइएको छ। विगत दश वर्षदेखि बन्द रहेको गाँजाखेती यस वर्ष अत्यधिक भएको स्थानीयहरूले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय, पर्साले अहिलेसम्म करीब चालीस बिघा गाँजाखेती नष्ट गरिसकेको छ। तर पनि अहिले विभिन्न नगरपालिका/गाउँपालिकामा गाँजाखेती भएको स्थानीयहरूले बताएका छन्। खासगरी जङ्गल क्षेत्रसँग जोडिएका नपा र गापामा गाँजाखेती गरिएको छ।
ठोरी गापाको वडा नं ३ र ४ को ब्रह्मनगर, विजयबस्तीमा ठूलो परिमाणमा गाँजाखेती गरिएको छ।
सुरक्षाकर्मीको संरक्षणमा गाँजाखेती भइरहेको स्थानीयहरूको आरोप छ। सुरक्षाकर्मीहरूले सडकछेउमा रोपिएको गाँजा पँmडानी गरेको तर जङ्गलसँग टाँसिएको गाँजा पँmडानी नगरिएको र मोलतोलमा संरक्षण गरिएको स्थानीयको आरोप छ।
इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोक साहसँग बुझ्दा उनले साढे चार बिघा गाँजाखेती नष्ट गरेको बताए। सूचना प्राप्त भएका ठाउँमा प्रहरीले गाँजा पँmडानीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्