वीमनपाको आठौं नगरसभा

88

प्रस, वीरगंज, १४ माघ/
वीरगंज महानगरपालिकाको आठौं नगरसभा सम्पन्न भएको छ। नगर सभागृहमा बुधवार भएको नगरसभाले विभिन्न योजनाहरू पास गरेको छ।
वडा कार्यालयहरूबाट भइआएको रकमान्तर, विकासका योजना, भवन मापदण्ड, महालेखा परीक्ष्Fकको प्रतिवेदन, बेरुजू फछ्र्योट र अहिले देखिएका समस्या समाधानको लागि बनेका ऐन, कानून पारित गर्दै नगरसभा सम्पन्न भएको हो।
कार्यक्रममा नगरप्रमुख विजयकुमार सरावगीले महानगरले अहिले मेडिकल वेस्ट डिस्पोज प्लान्ट, बायोग्यास प्लान्ट, ग्रीन जोन बनाउने बताए। उनले खाली जग्गामा वृक्षरोपण गरी महानगरको अधीनमा ल्याउने बताए। बसपार्कको ठेक्काको म्याद थप्नुपर्ने र चिल्डे«न पार्कको ठेक्का नलाग्ने भएकोले ऐन संशोधन गरी पुनः सूचना सार्वजनिक गर्ने, वीरगंज महानगरपालिका अन्तर्गत रहेका भवनहरूको नक्शापास गराउने, सरकारी, गैरसरकारी संस्थाका भवनको नक्शापास गर्दा पचास प्रतिशत छुट दिने, श्रीसिया कोरिडोर, नदी नियन्त्रणलगायतका योजनाको विषयमा सहभागीहरूसँग छलफल भएको बताए।
चालू आवभित्र धेरै काम हुने भएको र आगामी बहुयोजना कार्यक्रम अन्तर्गत वीरगंज–पथलैया कोरिडोर योजनासमेत महानगरमा आएको र सो योजनाबापत एडिबीले रु १३ हजार करोडको योजना ल्याउने तयारी गरेको र त्यसका लागि बनाउनुपर्ने ऐन, कानून, मापदण्डको विषयमा पनि छलफल भई सर्वसम्मतिबाट पास भएको बताए।
वीमनपाका प्रमुख कार्यकारी अधिकृत प्रदीप निरौलाको सभापतित्वमा भएको नगरसभामा उपप्रमुख शान्ति कार्कीले स्वागत गरेकी थिइन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्