दोष थुपार्ने मात्रै कि लिने पनि ?

118

सञ्जय साह मित्र

कुनै कुरामा समाज दोषी हुन सक्छ वा पूर्णतया निर्दोष पनि हुन सक्छ ? समाज दोषी हो कि निर्दोष कुन आधारमा छ्ट्याउने ? के समाजमाथि दोष थुपार्दैमा अन्य पक्ष निर्दोष साबित हुन्छ वा दोष जति अरूमाथि वा समाजमाथि थुपार्दैमा अन्य पक्षको मूल्याङ्कन सही हुन सक्छ ?
अहिले समाजमा असन्तुष्टि चुलिएको छ। असन्तुष्टि कुनै एक क्षेत्र वा विषयसित सम्बन्धित छैन। हरेक क्षेत्रमा असन्तुष्टि बढेको छ। असन्तुष्टि घट्ने सम्भावना कम हुँदै गएको छ। असन्तुष्टिको कारण खोतल्नुपर्छ र कारणबारे जिज्ञासा राख्ने हो भने त्यस्तो असन्तुष्टिको सम्पूर्ण कारण अरू नै रहेको बुझिन आउँछ। कोही पनि आफूले दोष लिन चाहँदैन, अरूमाथि थुपार्छन्। अरूमाथि दोष थुपार्न सजिलो छ। अझ सजिलो छ, आलोचना गर्नु। जानेको विषयमा पनि आलोचना गर्नु र नजानेको विषयमा पनि। आलोचना पनि त्यसको गरिन्छ, जो अगाडि हुँदैन। सामुन्ने आलोचना गर्ने बानी विकसित भएको छैन, आलोचना पनि द्वेषरहित हुँदैन, स्वस्थ हुँदैन। नियतवश आलोचना गर्ने प्रवृत्ति हावी छ। आलोचना गरेर तल देखाउने तथा जसरी पनि खत्तम साबित गर्ने प्रवृत्ति बढेको छ। अझ कतिपय अवस्थामा त अगाडि प्रशंसा गर्ने र पछाडि आलोचना गर्ने प्रवृत्ति हुर्केको छ। यस प्रवृत्तिले मानिसमा झन् असन्तुष्टि बढाएको छ।
एउटा मान्यता के छ भने जब कुनै क्ष्Fेत्रको मानिस असन्तुष्ट छ भने जुन क्षेत्रको मानिस हो, त्यहाँको पद्धतिमा कमजोरी छ र त्यसमा सुधार गर्नु आवश्यक हुन्छ। तर अधिकांश मानिस असन्तुष्ट छन् भने समाजमा नै दोष हुनु पर्दछ। यस मान्यतालाई केही व्यावहारिक उदाहरणबाट हेरौं।
पत्रकारिताकै कुरा लिऊँ। अहिले सामाजिक सञ्जालमा पत्रकारितामाथि सही दिशामा जान नसकेको आरोप लाग्ने गरेको छ। पत्रकारहरूलाई सीधै कमिशनको लागि समाचार लेख्ने गरेको आरोप लाग्ने गरेको छ। यस्तो आरोप लगाउनेहरूलाई पछ्याउने हो वा तिनका अन्य पोस्ट हेर्ने हो भने सन्तुष्टिका कुरा खासै अभिव्यक्त गरेका हुन्नन्। सामाजिक सञ्जालमा निजी राय राख्ने तर सकारात्मक कुरा छाडेर नकारात्मक कुरालाई बढी पोस्ट गरेका हुन्छन्। अनि सोझै दोष पत्रकारमाथि लगाउँछन् वा असन्तुष्टि पोस्ट गर्छन्। हुन त यो अपेक्षा पनि होला कि पत्रकारले सबै ठाउँमा पुगेर सबै कुरा समाजसमक्ष ल्याऊन्। तर यथार्थमा यस्ता पात्रसँग प्रश्न सोध्ने हो–तपाईंले यसबारे कुनै पत्रकारसँग कुरा गर्नुभयो ? उनीहरू हच्कन्छन्, खुल्न चाहँदैनन्। पत्रकारलाई सोधेको थिएँ भनिहाले पनि कसलाई भनी सोध्यो भने बताउँदैनन्। पत्रकारहरूको ध्यानाकर्षण गर्न त्यस्तो पोस्ट गरेको भनेर पन्छिन्छन्। तपाईंले यसभन्दा पहिले कुनै सकारात्मक समाचार प्रकाशन गर्न कुनै वा कति सञ्चारकर्मीलाई बताउनुभयो र त्यसमा तपाईंले कमिशन दिनुभयो भनी प्रश्न गर्ने हो भने ठोस उत्तर आउँदैन। अनि घुमाउरो कुरा गर्दै कुनै पार्टीको पत्रकार भएको वा कुनै जातको पत्रकार भएको वा आफूलाई नकारात्मकरूपमा लिन खोजेको, बलजफ्ती नकारात्मक बनाउन खोजेको आरोप लगाउन थाल्छन्।
यहाँ एउटा क्षेत्रको उदाहरणमा मात्र सीमित हुन खोज्दैछु। यदि त्यस्ता पोस्ट गर्ने व्यक्तिलाई फेरि सोध्ने हो कि तपाईंले कुन पत्रिका वा अनलाइन वा रेडियो वा टेलिभिजन नियमित हेर्नुहुन्छ र कुनै समाचार आएन भनी आक्रोशित हुँदै यस्तो आरोप लगाउनुहुन्छ ? समाचार प्रकाशन वा प्रसारण गर्ने कुनै निश्चित मिडियालाई तपाईंले नियमित हेर्ने, सुन्ने वा पढ्ने गर्नुभएको छ ? तब ती पूरै अकमकिन्छन् र निरूत्तर बन्छन्। वास्तवमा यस प्रकार नियतवश आक्रोशित हुने वा केही पनि नजानी आरोप लगाउने प्रवृत्ति हरेक क्षेत्रमा विद्यमान छ। यस्तो अवस्थालाई मिडियाको पहुँच हुन नसकेको मान्न  सकिन्न। समाज नै सही अर्थमा जागरूक हुन नसकेको भन्नुपर्छ। कुनै व्यक्तिले यसरी पत्याउनुमा त्यो व्यक्ति दोषी होला र त्यस्तो दोषलाई व्यक्तिगत कमजोरी मान्न सकिएला वा अन्जानमा केही आक्रोशपूर्ण शब्द निस्केको मान्न सकिएला तर जब त्यस्तो पोस्टलाई लगातार समर्थन हुनेगरी लाइक तथा ‘हो मा हो’ मिलाउने कमेन्टहरू आउन थाल्छ र पत्रकारमाथि कमिशनको आरोप पुष्टि हुने भाव झल्किन थाल्छ तब साबित हुन्छ वास्तवमा समाज नै दोषी हो। समाज निर्माण प्रक्रियामा रहेको दोषले हावाको तालमा आरोप लगाउने र हावाको तालमा आरोप समर्थन गर्नेहरू निस्कन्छन्। वास्तविकता होस् वा नहोस्, आरोपले बजार तताइसकेको हुन्छ। यही आरोपवादले अहिले समाज आक्रान्त छ। आरोपवादको हुरीमा पत्कर उडेझैं धेरैजना उडिरहेका छन्। हुरीको पत्करको आफ्नै ठेगान हुँदैन तर सँगै उडिरहेका पत्कर देखेर दङ्ग पर्छ। अझ उसलाई गर्व हुन्छ म माथि छु, उडिरहेको छु, मेरा समर्थक धेरै छन्। मसँग धेरै जमात छ।
पत्रकार पनि समाजकै सदस्य हो। यही समाजमा ऊजस्तै अन्य पेशा वा व्यवसायमा लागेका मान्छे जन्मन्छन्। मान्छे सामाजिक प्राणी हो। यस अर्थमा हरेक मानिस समाजकै सदस्य हो। यहाँ कुनै एउटा पेशालाई नमूनार्थ लिइएकोले भनिएको मात्र हो, यदि पत्रकारमाथि सबै थोक जान्ने वा सबैतिरबाट शतप्रतिशत चोखो भएको देख्न चाहने हो भने पत्रकारितालाई पूर्ण स्वतन्त्र रहन दिएको छ त समाजले ? पत्रकार र पत्रकारितामाथि आग्रह वा दुराग्रह किन ? किन आक्रोश वा द्वेष ? किन बढी अपेक्षा र त्यो अपेक्षा पनि आफ्नै पक्षमा ? आफूले सोचेजस्तै लेखिदिनुपर्ने ? वास्तवमा यदि सोही अनुरूप गर्ने वा भइदिने विचार राख्ने हो भने त्यस क्ष्Fेत्रलाई आफ्नो पेशा बनाउँदा भयो नि १ कि पत्रकारितालाई सेवा मात्र ठान्ने। आफ्नो कामलाई पेशागत (व्यवसायगत) र पत्रकारिता सेवागत (धर्मगत) होस् भन्ने चाहेको हो कि ? यस प्रकारको दृष्टिकोण राख्नेलाई प्रश्न गर्न सकिन्छ–तपाईंको आफ्नो जीवन वा पेशाको कुन क्षेत्र वा पक्षमा आदर्श छ ? कहाँनेर अनुकरणीय छ ? उत्तर पाइँदैन। फेरि अर्को प्रश्न गरौ–तपाईंले सुनेको वा देखेको वा भोगेको कुन क्षेत्रमा तपाईंको अनुमानभन्दा सबै कुरा राम्रा छन् ? वा तपाईंले सबैको अगाडि सधैंको लागि प्रशंसा गर्ने कुनै क्षेत्र वा कार्य छ ? के तपाईंले आलोचना वा प्रशंसा गरेको कुरा सबैको हकमा समानरूपमा लागू हुन सक्छ ? अर्थात् तपाईंले आलोचना गरेको कुरा सबैको लागि र सधैंको लागि आलोच्य छ र तपाईंले प्रशंसा गरेको कुरा सबैको लागि र सधैंका लागि प्रशंसनीय छ ? यदि सबैमा निश्चित खोट छ वा आलोचना तथा प्रशंसा पनि सापेक्ष हुन्छ भने एकोहोरो आलोचना वा प्रशंसा अलाप सिद्ध हुन्छ, अन्ततः अफाप सिद्ध हुन्छ।
समाजबाटै सबै पेशा तथा व्यवसायका मानिस जीवन–व्यवहारमा आउँछन्। सबै क्षेत्रमा कमी र कमजोरी छ र सबै क्षेत्रमा प्रशंसा गर्न लायक काम हुन्छ। अरूलाई आरोप लगाउनु र आफू त्यहीं आरोप अनुरूप बन्नु जतिको विपरीत कार्य केही हुन सक्दैन। आरोपको एउटा औंला अरूतिर तेर्सिन्छ भने बाँकी चारवटा औंला आफैंतिर फर्केको हुन्छ। समाजमा सम्पूर्णतः नमूना बन्न सक्ने सामथ्र्य निकै कम मानिसमा हुन्छ र अहिलेको अवस्था त यो पनि छ कि जो नितान्त निस्स्वार्थ छ, उसका लागि पनि अनेक आरोप तयार भएर बसेका हुन्छन्।      आरोपहरू लगाउने कलामा समाज यदि सिपालु छ भने यसमा एउटा सकारात्मक पक्ष भने अवश्य देखिन्छ कि सबै क्षेत्रका कमी कमजोरी थाहा छ। यदि कमी कमजोरीहरू थाहा छ भने सुधार गर्नुपर्ने पक्ष थाहा छ। र, जब सुधार गर्नुपर्ने पक्ष थाहा छ भने सुधार सुरू गर्दा हुन्छ। त्यो सुधार आफैFबाट सम्भव छ। र, फेरि पनि आफ्नो कमजोरी आफैंलाई थाहा नहुन सक्दछ। सबैले आफूलाई राम्रै मान्दछन्। आफूले गरेको हरेक कामलाई अधिकांश मानिसले राम्रो मानेको पाइन्छ। आफूले गरेको कामलाई राम्रो वा नराम्रो जे भए पनि त्यसको खुलेर स्वस्थ आलोचना गर्न लगाआFै। फेरि आलोचना भनेर कडा आउन सक्छ। बरू स्वस्थ अन्तक्र्रिया गरौF। अन्तक्र्रिया यस्तो होओस् कि त्यो स्वस्थ्य होओस्। त्यो अन्तक्र्रियामा आलोचना नहोओस् बरू कमीकमजोरीलाई केलाउने काम होओस्। कमीकमजोरी केलाउFदा सुधार गर्नुपर्ने पक्षलाई स्वीकार गरियोस् र सुधार गर्नुपर्ने पक्षलाई स्वीकार गरेपछि सुधार गर्नेतर्फ लागियोस्। हो, बरू प्रारम्भमा यस्तो सुरूआत सानै समूहबाट सम्भव छ तर सानै समूहले आफूलाई सुधार्दै अरूलाई पनि त्यसमा समेट्ने प्रयास होओस्। अनि समाज राम्रो हुने बाटोमा जान्छ यदि असन्तुष्टहरूले सुधार्न खोज्ने मनसाय राखेका छन् भने। हैनभने अरूलाई नराम्रो मात्र देख्ने र आफूले व्यक्तिगत किसिमले राम्रो पनि नगर्ने र अरूलाई नराम्रो देखेर जथाभावी आलोचना गर्ने प्रवृत्तिको विकास र विस्तार निरन्तर भइरहन सक्छ।
हो, हामीकहाँ दोषजति अरूको टाउकोमा थुपार्ने प्रवृत्ति छ तर समाजलाई असल बनाउन चाहना राख्नेहरूले अरूका दोष अरूमा थुपार्दै आफ्नो दोष पनि स्वीकार गर्नुपर्दछ। दोष स्वीकार गर्ने र सुधार्ने सार्थक प्रयास थाल्नुपर्छ। अझ यस्ता प्रयास गरिरहेका मानिसले सामाजिक सञ्जालमा सार्वजनिक गर्दा राम्रो हुन्छ किनभने नकारात्मक आरोपवादको कुराले भन्दा यस्ता सकारात्मक प्रयासले समाजमा प्रभाव छाड्छ। नकारात्मकतालाई सकारात्मकतामा बदलिने प्रेरणादायी दृष्टान्तले पनि सामाजिक सञ्जालमा स्थान पाउनुपर्दछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्