फेदकटवा कीराले गहुँबालीमा क्षति

82

प्रस, पंचगावाँ, १३ माघ/
पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा लगाइएको गहुँखेतीमा फेदकटवा (कटवर्म) कीराले आतङ्क मचाएको छ।
जिल्लाको महानगरपालिका, तीनवटा नगरपालिका बहुदरमाई, पर्सागढी र पोखरिया तथा विन्ध्यवासिनी, सखुवाप्रसौनी, पटेर्वासुगौली, धोबिनी, पकाहामैनपुर, जगरनाथपुर, जीराभवानी, कालिकामाई गाउँपालिकालगायतमा किसानले लगाएको गहुँखेतीलाई फेदकटवा (कटवर्म) कीराले दुःख दिएको किसानहरूले बताएका छन्। किसानहरूले गहुँखेतीमा जरादेखि टुप्पोसम्म फेदकटवा कीराले पात खाइदिने गरेको बताए। कीराको कारण गहुँको उत्पादन घट्न सक्ने उनीहरूले बताए। पटेर्वासुगौली गापाका कृषि प्राविधिक गोविन्दभैया थारूले फेदकटवा कीराबाट जोगिनको लागि क्लोरिफाइरिफ्स एक फाइलमा इसी २ एमएल प्रतिलिटर पानीमा मिसाएर छर्केको खण्डमा कीराको प्रकोपबाट जोगिन सक्ने बताए। यसैगरी, उनले एमामेक्टिन बेन्जोएट एक फाइलमा एसजी ०.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्किन किसानहरूलाई सल्लाह दिएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्