एक महिलासहित २७ जनाद्वारा रक्तदान

126

प्रस, वीरगंज, १२ माघ/
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमवार सम्पन्न रक्तदान कार्यक्रममा एकजना महिलासहित सत्ताइसजनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।
वीरगंज भन्सार कार्यालय, सुक्खा बन्दरगाह भन्सार कार्यालय र वीरगंज भन्सार एजेन्ट सङ्घद्वारा संयुक्तरूपमा आयोजित रक्तदान कार्यक्रममा जमुना लम्साल, दीपक पटेल, रमेश लामा, कृष्ण पटेल, अर्जुन खड्का, होमबहादुर विष्टलगायतले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्य, सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्री र वीरगंज भन्सार एजेन्ट सङ्घका अध्यक्ष बालकृष्ण बस्नेतलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्