ई–लाइब्रेरीको उद्घाटन

138

प्रस, वीरगंज, ११ माघ/
नेपाल चिकित्सक सङ्घ नारायणी शाखाले विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) सञ्चालन गरेको छ।
नेपाल चिकित्सक सङ्घको माथिल्लो तलामा डा अरुणकुमार सिंहको अध्यक्षतामा सम्पन्न ई–लाइब्रेरीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्यदूत नितेश कुमार थिए।
नेपाल चिकित्सक सङ्घ नारायणी शाखाका सचिव डा उदयनारायण सिंहले कार्यक्रमको सञ्चालन गरेका थिए।
महावाणिज्यदूत नितेश कुमारले चिकित्सकहरूको यस कदमलाई प्रशंसा गर्दै आवश्यक परे आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
डा अरुणकुमार सिंहले चुनावको बेला मेनुफेस्टोमा उल्लिखित प्रतिबद्धता अनुसार ई–लाइब्रेरीको परिकल्पना पूरा भएको बताए।
चिकित्सकहरूको लागि देशमंै पहिलोपटक नारायणी शाखाले ई–लाइब्रेरी स्थापना गरेको डा उदयनारायण सिंहले दाबी गरे।
डा सिंहले भने, “पिजी र एमडीलगायतका तयारीको क्रममा चिकित्सकहरूलाई समय र रकम दुईवटै खर्च गर्नुपर्ने बाध्यता अब कम हुन्छ।” ई–लाइब्रेरी केवल चिकित्सकहरूको सुविधाको लागि स्थापना गरिएको हो।
कार्यक्रममा डा दिलीप चौरसिया, डा शाश्वत प्रसाद, डा नौसाद हक, डा फाहाद आलम, डा गोरखनाथ मिश्र, डा रामकिशोर सिंह, डा कुशराज गिरी, डा मनोज गुप्तालगायतका चिकित्सकहरूको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्