खसीबाख्राको पिपिआर भाइरल चेकजाँच

114

प्रस, बिरुवागुठी, १० माघ/
पर्सागढी नगरपालिका अन्तर्गतका कृषकहरूले पालेका खसीबाख्राहरूमा पिपिआर भाइरल रोग महामारीको रूपमा देखिएको छ।
पर्सागढी नगरपालिका वडा नं १, ३ र ८ मा पिपिआर भाइरल रोग महामारीको रूपमा देखा परेको हो।
यो रोग पशु क्वारेन्टाइनमा चेकजाँच नगराइ गाउँघरमा घुमाएर बेचिएका खसीबाख्राबाट भित्रिएको स्थानीय कृषक अर्जुन चौधरीले बताए। उनले घुमाएर बेच्ने व्यापारीबाट दुईवटा खसी किनेको र सोही खसीबाट घरमा पालेको करीब ४० वटा खसीबाख्रामा रोगको लक्षण देखा परेपछि दुईवटा खसी मरेको बताए।
पशु सेवा केन्द्र पर्सागढी नगरपालिकाका प्रमुख इन्द्रकुमार झाका अनुसार नगरपालिकाभित्र पिपिआर भाइरल रोग महामारीको रूपमा देखिएको बताए। उनका अनुसार खसीबाख्रामा उच्च तापक्रम बढ्ने, नाकबाट सिङ्गान बग्ने, अFँखाबाट कचेरा आउने, जिब्रो र मुख पाक्ने, पातलो छेर्ने जस्ता लक्षण देखा परेको २ देखि ३ दिनमा खसीबाख्राको मृत्यु हुन्छ।
प्रमुख झाले भाइरल रोग नियन्त्रणका लागि पशुपक्षी रोग अन्वेषण कार्यालय धनुषासँग सात हजार खोप माग गर्ने तयारी भइरहेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्