आन्तरिक राजस्वले ६ महीनाको लक्ष्य भेटाएन

78

प्रस, परवानीपुर, १० माघ/
आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आवको पछिल्लो ६ महीनामा लक्ष्य भेटाउन सकेको छैन।
लक्ष्य अनुसार अन्तःशुल्क असुल नभएपछि गत साउनदेखि पुस मसान्तसम्म ६ महीनाको राजस्व लक्ष्य सङ्कलन हुन नसकेको सूचना अधिकारी ह्दयनारायण महतोले जानकारी दिए।
कार्यालयले पछिल्लो ६ महीनाको लागि रु ३ अर्ब ७१ करोड ९४ लाख ९१ हजार राजस्व लक्ष्य पाएकोमा ८९.१९ प्रतिशत अर्थात् रु ३ अर्ब ३१ करोड ७५ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ। कार्यालयले आयकरतर्फ रु ८२ करोड ३१ लाख ७१ हजार लक्ष्य राखेकोमा १२४.४० प्रतिशत अर्थात् रु १ अर्ब २ करोड ४० लाख ६४ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६१ करोड ९१ लाख ६१ हजार लक्ष्य राखेकोमा १६४.३२ प्रतिशत अर्थात् रु १ अर्ब १ करोड ७४ लाख ९ हजार, अन्तःशुल्कतर्फ रु २ अर्ब २३ करोड ६३ लाख २ हजार लक्ष्य राखेकोमा ५५.०७ प्रतिशत अर्थात् रु १ अर्ब २३ करोड १५ लाख ६३ हजार, ब्याज करतर्फ रु २ करोड ९ लाख १० हजार लक्ष्य राखेकोमा रु २ करोड ६५ लाख ४४ हजार, घरबहाल करतर्फ रु १ करोड ६८ लाख ४४ हजार लक्ष्य राखेकोमा रु १ करोड ७९ लाख ६१ हजार गरी कुल रु ३ अर्ब ३१ करोड ७५ लाख ४४ हजार राजस्व असुली गरेको छ।
यही अवधिमा गत आव २०७६/७७ मा कार्यालयले रु ४ अर्ब १८ करोड १६ लाख १४ हजार लक्ष्य राखेकोमा ८०.९६ प्रतिशत अर्थात् रु ३ अर्ब ३८ करोड ५४ लाख २३ हजार राजस्व असुली गरेको थियो। चालू आवको साउनदेखि कात्तिकसम्म बजार तथा कारोबार प्रभावित भएपछि आन्तरिक राजस्व कार्यालय वीरगंजको राजस्व प्रभावित हुँदै राजस्व सङ्कलनमा –हास आएको कार्यालयका प्रमुख कर अधिकृत सुनीलकुमार यादवको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्