स्वास्थ्यकर्मी, कर्मचारीले तलब र जोखिमभत्ता नपाएको गुनासो

87

प्रस, वीरगंज, ८ माघ/
कोरोना महामारीको समयमा सरकारले अग्रपङ्क्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिने निर्णय गरे पनि पर्साका स्वास्थ्यकर्मीहरूले हालसम्म जोखिमभत्ता नपाएको गुनासो गरेका छन्।
जोखिम भत्ता वितरण गर्न सङ्घ र प्रदेश सरकारले चासो नदेखाएको एकजना स्वास्थ्यकर्मीले बताए।
सङ्घ सरकारबाट सञ्चालित नारायणी अस्पतालको कोभिड अस्थायी अस्पतालको संयोजकको जिम्मेवारी पाएका डा उदयनारायण सिंहले गत साउनदेखि अस्पतालका कोही पनि कर्मचारीले तलब भत्ता नपाएको बताए। उनले सम्बन्धित निकाय, मन्त्रालयलाई बारम्बार आग्रह गर्दा पनि सुनवाइ नभएको बताए। सरकारले कोरोना उपचारमा पटक–पटक स्वास्थ्य निर्देशिका परिवर्तन गर्दै आएका कारण स्वास्थ्यकर्मीहरूले जोखिम भत्ताका साथै तलब पनि नपाएको जनकपुर अस्पतालका संयोजक डा जामुन सिंहले गुनासो गरे।
कोरोना महामारीका बेला अग्रपङ्क्तिमा खटेर दायित्व निर्वाह गरेका देशभरिका अधिकांश चिकित्सक, स्वास्थ्यकर्मीको अवस्था यस्तै छ।
यस विषयमा प्रदेश २ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता ठूलोबाबू दाहालले प्रदेशका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कुन आधारमा कतिको दरले जोखिम भत्ता उपलब्ध गराउने भन्नेबारे तथ्याङ्क सङ्कलन भइरहेको बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्