काङ्ग्रेसद्वारा पर्सा, बारा र रौतहटमा विरोध प्रदर्शन

120

प्रस, वीरगंज, ८ माघ/
संसद् विघटनविरुद्ध नेपाली काङ्ग्रेसले पर्सा, बारा र रौतहटमा प्रदर्शन गरेको छ।
नेका केन्द्रीय कमिटीको कार्यक्रम अनुसार नेपाली काङ्ग्रेस, पर्साले वीरगंजलगायत पर्सा जिल्लाका प्रत्येक वडामा विरोधसभा गरेको जिल्ला सभापति अजय द्विवेदीले बताए।
वीरगंज वडा नं. ११, १२, १३ का बुथ सभापतिले मुर्लीमा विरोधसभा गरेका थिए भने वडा नं. १४ र १५ ले लक्ष्मणवामा विरोधसभा गरेको थियो।
यसैगरी  नेपाली काङ्ग्रेस छिपहरमाई गाउँपालिकाले पाँचवटै वडामा संसद् विघटनविरुद्ध विरोध प्रदर्शन गरेको छ।
वडाहरूबाट आएको विरोध जुलुस सो गापाको वडा नं ३ जयमङ्गलापुरमा आयोजित विरोधसभामा सम्मिलित भएको थियो। बुथ सभापति कृष्ण सिंहको सभापतित्वमा भएको विरोधसभामा प्रमुख अतिथि नेका जिल्ला सदस्य नवीन सिंहले संसद् विघटन संविधानविपरीत भएपनि सर्वोच्च अदालतको निर्णयलाई सर्वपरि ठानी नेकाले सोही अनुसार आगामी कदम चाल्ने बताए।
विरोधसभामा गणेश साह, दीपेन्द्रराउत कुर्मी, तबरेज अहमद लगायतले मन्तव्य राखेका थिए।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिकाका नौवटै वडामा नेपाली काङ्ग्रेसले विरोध –याली निकालेको छ।
पर्सागढी नगरपालिका–१ का सभापति तुलाराम महतोको नेतृत्वमा विरोध –याली निकालिएको थियो। त्यसैगरी, वडा नं २ का सभापति घनश्याम चौधरी, वडा नं ३ का सभापति बलिराम शुक्लाको नेतृत्व र सुकमान तामाड्ढो प्रमुख आतिथ्यमा –याली निकालेर गाउँपरिक्रमा गरिएको थियो।
–यालीपछि आयोजित विरोधसभामा पर्सागढी नपाकी उपप्रमुख अर्चना चौधरीलगायतले मन्तव्य राखेका थिए।
बुथ सभापति जङ्गबहादुरदास थारूको अध्यक्षता भएको विरोधसभामा स्वागत विजय सिंह र सहजीकरण अच्छेलाल यादवले गरेका थिए।
प्रस, पोखरिया/    
नेपाली काङ्ग्रेस धोबिनी गाउँपालिकाले पाँचवटै वडामा विरोध प्रदर्शन गरेको छ।
गया प्रसादको अध्यक्ष्Fतामा भएको विरोधसभामा नेका वडा सभापति गणेश साह, रामाशिष्प्रसाद कुर्मी, वासुदेव तिवारी, मजिद मियाँ, वशिष्टनारायण कुर्मी, बलिस्टर अहमद, राजकिशोर पटेल, अनिल चौहान, धर्मेन्द्र पटेल, नरेश पटेललगायतको सहभागिता थियो।
प्रस, ठोरी/
ठोरी गाउँपालिकाको ५ वटै वडामा नेपाली काङ्ग्रेसले विरोध कार्यक्रम सम्पन्न गरेको छ। ठोरी गाउँपालिका वडा नं २ मा भएको विरोधसभामा नेका महासमिति सदस्य बृहस्पतिकृष्ण श्रेष्ठले ओली सरकारले संविधानको भावना र मर्मविपरीत कार्य गरेको आरोप लगाए।
कार्यक्रममा नेकाका जिल्ला सदस्य प्रकाश खनाल, अमृतकृष्ण सापकोटा, अर्जुन बस्नेतलगायतले मन्तव्य राखेका थिए।
ठोरीको वडा नं १ मा पनि नेका नेता, कार्यकर्ताहरूको भेलाले सरकारको असंवैधानिक कदमको विरुद्धमा विरोध प्रस्ताव पारित गरे। वडा सभापति तिलकबहादुर रिमालको सभापतित्वमा  सम्पन्न सभामा विरोध प्रस्ताव पारित भएको हो।
वडा नं ३ को वडा कार्यालयमा वडा सभापति धनराज बमजनको सभापतित्वमा विरोध कार्यक्रम भएको थियो।
वडा नं ४ मा वडा सभापति झलक श्रेष्ठको सभापतित्वमा भएको विरोध कार्यक्रममा ओली सरकारको निन्दा तथा घोर भत्र्सना गरिएको थियो।
यसैगरी, वडा नं ५ सुवर्णपुरमा  मोटरसाइकल –याली निकाली विरोध कार्यक्रम भएको थियो। नेका ठोरीका संयोजक शम्भुराम पौडेल नेतृत्वको मोटरसाइकल –यालीले सुवर्णपुर परिक्रमा गरी विरोधसभा गरेको थियो।
प्रस, परवानीपुर/
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ टोल बहुअरीमा नेपाली काङ्ग्रेसले विरोध –याली तथा सभा सम्पन्न गरेको छ। सरकारको असंवैधानिक कदमविरुद्ध भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका महाधिवेशन प्रतिनिधि जगदीशप्रसाद गुप्ताले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको आरोप लगाए। उनले तोकिएको मितिमा निर्वाचन हुनेमा आशङ्का रहेको पनि बताए। कार्यक्रममा नेता लालबाबू यादव, प्रभु पटेल, महन्त राम, लोहा सिंह, गौरी साह, योगेन्द्र साह, रामानन्द साहलगायतले सरकारको असंवैधानिक कदमको विरोध गरे।  किशोर पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राजकिशोर गुप्ताले गरेका थिए। सभाअगाडि मोटरसाइकल –यालीले वडापरिक्रमा गरेको थियो।
प्रस, सिम्रौनगढ/
नेपाली काङ्ग्रेसको पूर्वघोषित कार्यक्रम अनुसार आज सिम्रौनगढका विभिन्न ठाउँमा विरोध जुलुस निकालिएको छ।
सिम्रौनगढ नपाको १ देखि ११ वटा वडामा बुथ कमिटीका अध्यक्षहरूले विरोध –याली निकालेका थिए।
९ वटै वडाको बुथ कमिटीका अध्यक्षहरू चन्द्रिकाप्रसाद कुशवाहा, सिकिन्द्र यादव, आशीर्वाद ठाकुर, जवाहिरप्रसाद जयसवाल, शिवमङ्गल कुशवाहा, रामरूप कुशवाहा, जगदीशप्रसाद कुशवाहा, रामविलास यादव, रामाधारप्रसाद यादव, जवाहिर साह र सुरेन्द्रप्रसाद जयसवालको नेतृत्वमा जुलुस निकालिएको थियो।
नगरपरिक्रमापछि आयोजित कोणसभामा रीतादेवी कुशवाहा, नैतुलाह अन्सारी, गौरीशङ्कर कुशवाहा, सुरेश महतोलगायतले ओलीको कदम असंवैधानिक भएको भन्दै संसद् पुनस्र्थापना हुनुपर्ने बताए।
रामरूप कुशवाहाको अध्यक्षता र जिल्ला कार्यसमिति सदस्य मोहन कुशवाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत रामेश्वर प्रसाद र सञ्चालन अनिल कुशवाहाले गरेका थिए।
प्रस, जीतपुर/
नेपाली काङ्ग्रेस वडा कार्यसमिति जीतपुर बाराले बिहीवार निकालेको विरोध जुलुसले नगर परिक्रमा गरेको छ। संसद् विघटन, सर्वसत्तावाद र भ्रष्टाचारको विरोध तथा लोकतान्त्रिक संविधान रक्षाको लागि विरोध जुलुस निकालिएको थियो। विरोध प्रदर्शनमा नेकाका केन्द्रीय सदस्य शोभाकर पराजुलीलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्