कुखुराको मासुको मूल्य बढ्यो

96

प्रस, पर्सागढी, ७ माघ/
पर्सामा बोइलर कुखुराको मासु महँगो मूल्यमा बिक्री भइरहेको छ। अवैधरूपमा भारतीय कुखुरा पर्सा जिल्लामा तस्करी नहुँदा कुखुराको मासुको मूल्य बढेको एकजना व्यवसायीले बताए।
अहिले कुखुराको मासु प्रतिकिलो तीन सय असीसम्म बिक्री भइरहेको छ। भारतमा बर्डफ्लुको सङ्क्रमणको कारण नेपालमा भारतीय कुखुरा अवैध बाटोबाट आउन नसक्दा कुखुराको मूल्य बढेको हो।      कुखुराको मासुको माग बढेको तर उत्पादनमा वृद्धि नहुँदा महँगो मूल्यमा कुखुराको मासु बेच्नुपरेको पर्सागढी नगरपालिका–९ स्थित शिवम् सप्लायर्सका सञ्चालक नारद सहनीले बताए।
लकडाउनको समयमा कुखुराको मासुको मूल्य रु डेढ सयसम्म झरेको थियो। त्यति बेला कुखुरापालकहरू निकै घाटामा परेका थिए। पर्साका स्थानीय तहले कुखुरापालकहरूलाई तालीम, सुविधा तथा अनुदान नदिंदा कुखुरापालक विस्थापित हुँदै गएका एकजना व्यवसायीले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्