स्व. विजयप्रकाश बिन पत्रकारिता पुरस्कार पत्रकार खतिवडालाई

88

प्रस, वीरगंज, ६ माघ/
बिन्दुदेवी स्मृति प्रतिष्ठानले स्थापना गरेको विजयप्रकाश बिन पत्रकारिता पुरस्कार मोर्चा साप्ताहिकका सम्पादक/प्रकाशक शङ्करप्रसाद खतिवडालाई प्रदान गरिएको छ।
११ हजार १ सय ११ राशिको पुरस्कार वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले पत्रकार खतिवडालाई प्रदान गरेका थिए। स्व बिन्दुदेवी पाण्डे स्मृति प्रतिष्ठानले स्व पत्रकार बिनको स्मृतिमा स्थापना गरेको पुरस्कार पहिलोपटक खतिवडालाई प्रदान गरिएको हो।
सो अवसरमा प्रमुख अतिथि नगरप्रमुख सरावगीले पत्रकारिताको विकासको लागि महानगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले महिला पत्रकारहरूको क्ष्Fमता विकास र उत्थानका लागि महानगरपालिकाले प्रतिष्ठानको कोषमा रु ३ लाख सहयोग गरेको बताए। उनले पत्रकारिता विषय अध्ययन गर्न चाहने महिलालाई रु १ लाख आर्थिक सहयोग गर्ने महानगरपालिकाको नीति रहेको बताए। उनले सबै पत्रकारलाई लोककल्याणकारी विज्ञापन समान ढङ्गबाट वितरण गर्ने आश्वासन दिए।
नगरप्रमुख सरावगीले महानगरपालिकाले भोजपुरी भाषाको संस्थागत विकासको लागि प्रतिष्ठान गठन गरेको जानकारी दिए।
प्रतिष्ठानका अध्यक्ष विजय भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा खोज पत्रकारिता केन्द्रका अध्यक्ष्F चन्द्रकिशोर झा, नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष्F दीपेन्द्र चौहान, शाखा अध्यक्ष श्याम बन्जारा, पत्रकार सुदर्शनराज पाण्डे, डा हरेराम ठाकुरले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण प्रतिष्ठानकी महासचिव माधुरी महतोले गरेकी थिइन्।
कार्यक्रममा स्व बिनकी पत्नी तारा देवीलाई रु २ हजार १ सय आर्थिक सहयोग गरी सम्मानित गरिएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, पर्साका उपाध्यक्ष अनुप तिवारी, सचिव युवराज खड्का, सङ्घीय प्रेस फोरम पर्साका अध्यक्ष आरके पटेल, आर्थिक पत्रकार सङ्घ पर्साका संयोजक रितेश त्रिपाठी, पुरस्कार छनोट समितिका अध्यक्ष सरोज खड्कालगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्