विद्यार्थीहरूलाई लैङ्गिक हिंसा र साइबर क्राइमबारे प्रशिक्षण

87

प्रस, वीरगंज, ६ माघ/
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सहयोग र प्रदेश २ प्रहरी कार्यालयको सहकार्यमा वीरगंजस्थित विपिसी कलेजमा लैङ्गिक हिंसा एवं सामाजिक कुरीतिविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रदेश २ का प्रहरी वरिष्ठ उपरीक्ष्Fक किशोरकुमार दाहालले श्रव्य दृश्यमार्फत क्याम्पसका छात्रछात्राहरूलाई लैङ्गिक हिंसा र साइबर क्राइमबारेमा जानकारी गराएका थिए। उनले साना घटनाक्रमबाट लैङ्गिक हिंसाका ठूला घटना हुने हुनाले शुरूमा हुने घटनाहरू न्यूनीकरणका लागि विद्यार्थीहरूलाई प्रहरीको सहयोग लिन सुझाए। उनले लैङ्गिक हिंसाका थुप्रै प्रकार भएपनि आफूविरुद्ध त्यस्ता घटना भएको अनुभूति गर्नेबित्तिकै प्रहरीलाई सोबारे सूचित गरेको खण्डमा हिंसा नियन्त्रण हुने सुझाव दिए। उनले अहिलेका युवाहरूबाट साइबर क्राइमका घटना बढिरहेकोले सोको रोकथामका लागि युवाहरू नै अग्रसर हुनुपर्ने बताए। खासगरी मोबाइल प्रयोगकर्ता युवाहरू साइबर क्राइमबाट बढी पीडित हुने भएकाले उनीहरू विशेष सचेत हुनुपर्ने बताए। साइबर क्राइम अन्तर्गत युवतीहरूलाई लक्षित गरेर अश्लील तस्वीर, भिडियो बनाउने र सोको प्रयोगबाट ब्ल्याकमेलिड्ढा घटनाहरू वृद्धि भइरहेको बताउँदै सचेत हुन सुझाए। कार्यक्रममा ग्रीनसिटीका अध्यक्ष प्रकाश खेतान, क्याम्पसका प्रमुख डा दीपक शाक्य, प्रहरी निरीक्ष्Fकद्वय राजेश पुरी र दीपक साहलगायतको सहभागिता थियो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्