बलिदानी दिवसको अवसरमा श्रद्धाञ्जलिसभा कार्यक्रम

64

प्रस, वीरगंज, ५ माघ/
मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा सोमवार ५औं बलिदानी दिवस पर्सा, बारा र रौतहटमा मनाइएको छ।
जनता समाजवादी पार्टी नेपाल पर्साले सोमवार वीरगंजको घण्टाघरमा श्रद्धाञ्जलिसभा गरेको छ। जसपा पर्साका अध्यक्ष रामनरेश यादवको सभापतित्वमा भएको कार्यक्रममा पण्डित रामजनम तिवारीको सालिक र मधेस आन्दोलनका शहीदहरूको फोटामा माल्यार्पण गरी सहभागीहरूले श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानका कारण तराई–मधेसले हकअधिकार पाएको बताए। वक्ताहरूले शहीदको ऋणी जनता भएको बताए।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, करीमा बेगम, जसपाका केन्द्रीय सदस्य पुरुषोत्तम झा, निजामुद्दीन समानी, शशिकपूर मियाँ, मुकेश द्विवेदी, प्रेमबाबू पटेल, प्रदेश सदस्य रामचन्द्र पण्डित, सलाउद्दीन अहमद, जिल्ला सचिव तबरेज अहमदलगायतको सहभागिता थियो।
प्रस, पोखरिया/
जसपाका नगर संयोजक गोवद्र्धन यादवको अध्यक्ष्Fतामा पोखरिया नगरपालिकामा पनि बलिदानी दिवस मनाइएको छ।
शहीद चन्दन पटेलको सालिक रहेको पोनपा–४ मा बलिदानी दिवस मनाइएको थियो। कार्यक्रममा उपप्रमुख सलमा खातुन, बद्रीप्रसाद चौरसिया, राजनारायण कुर्मी, शिवनाथ साहलगायतले शहीद पटेलको सालिकमा माल्यार्पण गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्