मन्त्री सोनलद्वारा दुधौरा खोला पुलको शिलान्यास

103


प्रस, परवानीपुर, ४ माघ/
    प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले बाराको दुधौरा खोलामा पुलको शिालान्यास गरेका छन्। आइतवार बिहान १० बजे पुलको शिलान्यास गरिएको हो। जीतपुरसिमरा–८ रमौली लोसन्डा र वडा नं २० बसडिलवा जोड्ने दुधौरा खोेलामा उक्त पुल निर्माण हुने भएको छ। जीतपुर–इनर्वासिरा सडक अन्तर्गत पर्ने पुलको लम्बाइ एक सय मिटर रहेको छ। उक्त पुल मूअकसहित रु १२ करोड ७० लाख ७२ हजारमा निर्माण कम्पनीले ठेक्का सकार गरेको छ।
    सपना/मेरिना जेभी कन्स्ट्रक्शन, हेटौंडाले पुल निर्माण गर्न २०७६ असोज २८ गते सम्झौता गरेकोमा २०७९ वैशाख २ गतेभित्र पुलको निर्माण कार्य सम्पन्न गर्नुपर्ने शर्त राखिएको छ। पुल नहुँदा सो भेगका हजारौं मानिस सास्ती खेप्दै आएका छन्। वर्षात्को बेला खोलामा पानीको बहाव बढी हँुदा आवागमन ठप्प भई ३० किलोमिटर वीरगंज–कलैयाको सडक घुमेर आउजाउ गर्नुपर्छ। पुल बनेपछि जीतपुरसिमराका बासिन्दालाई बाराको सदरमुकाम कलैया आउजाउ गर्न पनि सहज हुनेछ भने दर्जनौं गाउँँका बासिन्दाको यात्रा सहज हुने विश्वास लिइएको छ।
    पुलको शिलान्यास कार्यक्रममा मन्त्री सोनलले प्रदेश २ मा विकासको गति अन्य ६ वटा प्रदेशभन्दा तीव्र रहेको बताए। उनले पुल निर्माणपछि किसानले उत्पादन गरेको बाली बजारसम्म पु–याउन सहज हुने बताए। कार्यक्रममा पूर्वसांसद एकबाल मियाँँलगायतको सहभागिता थियो। उक्त पुल निर्माणमा स्थानीयले निजी जग्गा परेको भन्दै अदालतमा रिट गरे तापनि अदालतले पुल निर्माणमा व्यक्तिको जग्गा नपरेकोले पुलको काम रोक्न नमिल्ने भनी आदेश गरेको छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्