मन्त्री यादवद्वारा इजलास कक्षको उद्घाटन

89

प्रस, जनकपुर, ४ माघ/
प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रधानमन्त्री केपीशर्मा ओलीले संविधानविपरीत संसद् विघटन गर्दै निर्वाचन घोषणा गरेको बताएका छन्।
आइतवार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायिक समितिको इजलास कक्ष उद्घाटन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाए। उनले जनताको सर्वाेच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा विघटन गरेर जनताले तिरेको करमाथि ओलीले मनोमानी गरिरहेको बताए। उनले सङ्घीयतालाई मजबूत गर्नुपर्ने बेलामा कमजोर पार्ने र जनताको जनजीविकालाई सहज तुल्याउनुपर्ने बेलामा जनताकै ढाड भाँच्ने गरी करोडौं रकम दुरुपयोग गरेको आरोप लगाए।
मन्त्री यादवले धनुषाका १८ वटा स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकाले व्यवस्थितरूपमा न्यायिक समितिको इजलास व्यवस्था गरेकोमा धन्यवाद पनि दिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्