मदिरासहित विद्यार्थी पक्राउ

87


प्रस, सिम्रौनगढ, ४ माघ/
    नेपालबाट भारततर्फ मदिरा लगिरहेका एकजना विद्यार्थीलाई भारतीय एसएसबीले पक्राउ गरेको छ।
    भारतको घोडासहन निवासी कक्षा ८ मा अध्ययनरत अविनाश कुमारले नेपालबाट ५३० बोतल मदिरा मोटरसाइकलमा भारततर्फ लगिरहेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको घोडासहनबाट राहुल कुमारले बताएका छन्।
    रौतहटको बङ्कुलनजीक भारतको जमुनियाबाट एसएसबीले अविनाशलाई मदिरासहित पक्राउ गरेको हो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्