फागुन ६ गतेदेखि करैयामाई गोल्डकप प्रतियोगिता

111

प्रस, वीरगंज, ४ माघ/
    बारा, करैयामाई गाउँपालिकाको आर्थिक सहयोगमा सृजनशील युवा क्लब पिपरा, बाराले पाँचौं करैयामाई गोल्डकप फागुन ६ गतेदेखि सञ्चालन गर्ने जानकारी गराएको छ।
    गापाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष बृजमोहन चौधरीले फागुन ६ देखि १५ गतेसम्म प्रतियोगिता आयोजना हुने बताए। उनले प्रतियोगितामा १० वटा टीम सहभागी हुने र २१ लाख रुपैयाँ खर्च लागत अनुमान गरिएको बताए।
    प्रतियोगिताको विजेता टीमलाई रु २ लाख ५० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र र उपविजेतालाई रु १ लाख ५० हजार नगद, शिल्ड, मेडल, प्रमाणपत्र वितरण गरिने उनले बताए।
    कार्यक्रममा अध्यक्ष भुवनेश्वर धामी, उपाध्यक्ष्F चित्रलेखाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, शिक्षा समिति सदस्य वीरेन्द्र चौधरी, वडाध्यक्ष सुरेन्द्र चौधरीलगायतको सहभागिता थियो। पत्रकार सम्मेलनको सहजीकरण जीतेन्द्र चFैधरीले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्