नेपाली जनता र नेता

89


    नागरिकप्रति संवेदनशील मुलुकका शासकहरू सबै कोरोना महामारीविरुद्ध खोप दिने तयारीमा जुटिसकेका छन्, धेरै ठाउँमा खोप दिन शुरू पनि भइसकेको छ। यसो हुनुमा अन्य मुलुकका सत्ताधारीहरू बढी नागरिकमैत्री हुनु त हो नै, त्यहाँको जनताले पनि सत्ताधारीहरूप्रति निरपेक्ष व्यवहार गर्नुलाई मान्न सकिन्छ। सत्ताधारी व्यक्ति वा राजनीतिक पार्टी कसैप्रति सापेक्ष हुन्छ भने त्यो जनता र देशको विकासप्रति मात्र हो। सत्ताधारीलाई त्यस दिशातर्फ अभिमुख गराउने परोक्ष जिम्मेवारी जनताले निर्वाह गरिरहेको हुन्छ। अर्थात् सत्ताधारीको कुनै काम नागरिकमैत्री छैन भने जनताले मरे उसको साथ दिंदैन, न प्रतिपक्ष्Fी दलले नै दिन्छ। तर जब राजनीतिको मूल र एउटै लक्ष्य जसरी पनि सत्ता प्राप्त गर्नुहुन्छ, सत्ताको प्रत्येक खेलमा जनताको सहभागिता हुन्छ, त्यहाँ अन्ततोगत्वा जनता कमजोर र सत्ताधारी उच्छृङ्खल र एकमना हुन्छ। नेपालमा त्यही कमजोरी छ–न सत्ताधारी दल, न प्रतिपक्ष्Fी दलले नेपाली जनताको आवश्यकतालाई प्राथमिकतामा राखेको छ, न जनताले नै आफ्नो प्राथमिकता बुझेको छ। सबैको प्राथमिकता सत्ता र त्यसको साथ नै हो।
    कोरोना सङ्क्रमणबाट आफ्नो नागरिकलाई धमाधम खोप दिइरहेको दृश्य विभिन्न टिभी च्यानलहरूमा हेरिरहँदा नेपालीको मनमा पनि आफ्नो देशभित्र त्यस्तो दृश्य देख्न पाउने रहर नपलाएको होइन। तर देशमा सत्ता–सङ्घर्ष जारी छ। कतिसम्म भने सत्ताबाट निरपेक्ष रहेको जनतालाई पनि भोलि सत्तामा को आउँछ, को आए आफ्नो अहम्तुष्टि हुन्छ भन्ने एकमात्र चिन्ता देखिन्छ। देशलाई कृषिप्रधान देश भनिए तापनि हिजो तराईबाट हिमालछेउको राजधानीमा केही दिन कठ्याङ्ग्रिएर उखु किसान आश्वासन पाई घर फर्के, तिनको दुःखको त्यति सा–हो चिन्ता न सत्ताधारी, न प्रतिपक्ष्Fी कुनै दलले देखाएन। तराई क्ष्Fेत्रमा शीतलहरले मानिसलाई सास्ती दिइरहेको छ, कसैको मनमा दया उब्जेको छैन, कोरोनाबाट पीडितहरू छटपटिइरहेका छन्, तर ओली सरकार, प्रचण्ड–नेपाल, प्रतिपक्ष्Fी दल नेपाली काङ्ग्रेस, जसपा आदि भने आआफ्नो राजनीतिक स्वार्थ अनुकूल को दोषी, को निर्दोष खुट्याउन, विश्लेषण गर्न तन्मय छन्। कोरोनाबाट जोगिन आवश्यक मानिएको भौतिक दूरी कायम गर्नुको साटो सबै हानाथाप गर्दै क्रान्तिका बेला विद्यार्थीले पढाइको तिलाञ्जलि, तीर्थयात्रीले चीसो पवित्र कुण्डमा डुबुल्की मारेजस्तै जुलूस र –याली निकालिरहेका छन्। कोरोना यिनका लागि केही होइन, सबै थोक हो ओली र प्रचण्ड–नेपालको कर्तुत।
    हुनत विरोध–समर्थन, जुलूस––याली सबै आवश्यक हो।  तर यी सबै परिभ्राटबाट ओलीरूपी साँपनाथको साटो प्रचण्ड–नेपालरूपी नागनाथ मात्र आउने हुन्। अहिलेको राजनीतिक समीकरणमा सत्ता परिवर्तन भयो भने सत्तामा आउने वामपन्थी पार्टी नै हो, ओली–प्रवृत्ति नै हो। लड्डू लडे झिल्ली झरेको अवस्थामा नेपाली काङ्ग्रेसले सकेसम्म बटुल्ने मात्र हो। यस अवस्थाले देशमा अस्थिरता, सङ्क्रमणको अवस्था निम्त्याउने मात्र हो। खासमा देश र जनताको हकमा कुनै पनि अवस्थाले सुखद सन्देश दिने होइन। कुनै पनि सत्ताशीर्षमा बस्नेलाई यति कुरा थाहा छ, देशमा जतिसुकै परिवर्तन होस्, सत्ता मेरि–गो–राउन्ड पद्धतिमैं चल्छ। जनताले त्यसबाहेक विकल्प दिनै सक्दैन। त्यसैले कोरोना वा यस्तै महामारीले लखेटिरहे पनि यहाँ जनमैत्री कार्य हुनुपर्ने बाध्यता नै छैन। जब बाध्यता छैन भने सत्ता छिनाझपटीको स्वादमा रमाउन किन चुक्नु ?

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्