ट्रान्सपोर्ट एशोसिएशनको अध्यक्षमा पोखरेल निर्विरोध

92

प्रस, वीरगंज, ३ माघ/
ट्रान्सपोर्ट एशोसिएशन वीरगंजको अध्यक्षमा बालकृष्ण पोखरेल दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन्।
चितवनको सौराहामा शनिवार सम्पन्न ७औं जिल्ला अधिवेशनमा पोखरेल निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत उज्ज्वल देवकोटाले बताए। अर्को पक्षका केही सदस्यले निर्वाचन बहिष्कार गरेकाले पोखरेल पक्षको मात्र उम्मेदवारी दर्ता भएपछि पोखरेलको प्यानल निर्विरोध निर्वाचित भएको हो।  
पोखरेल प्यानलबाट उपाध्यक्ष्F प्रवीणकुमार कर्ण, सचिव नवराज अधिकारी, सहसचिव राजेश पटेल, कोषाध्यक्ष जिवेश मिश्रलगायत सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्