४ जना महिलासहित २८ जनाद्वारा रक्तदान

67

प्रस, वीरगंज, २ माघ/
राष्ट्रिय योग दिवसको उपलक्ष्यमा पतञ्जलि योग समिति प्रदेश २ ले आयोजना गरेको रक्तदान कार्यक्रममा चारजना महिलासहित २८ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रम पतञ्जलि प्रदेश २ का अध्यक्ष नसिबलाल सेठको अध्यक्षतामा भएको थियो भने उद्घाटन वीरगंज महानगरकी उपप्रमुख शान्ति कार्कीले गरेकी थिइन्। रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले रक्तदान कार्यक्रममा सरिता गुप्ता, बिना थापा, सङ्गीता आर्य, अभिमन्यु शर्मा, आदित्यकिशोर साह, सन्तोष कुमारलगायतले रक्तदान गरेको बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्