जाडोको कारण प्रदेश २ को जनजीवन प्रभावित

62

प्रस, जनकपुरधाम, २ माघ/
तीन/चार दिनदेखि तराई–मधेस क्षेत्रमा बढ्दै गएको चीसोका कारण प्रदेश २ को जनजीवन कष्टकर बन्दै गएको छ। एक्कासि वातावरणमा परिवर्तन आएर चीसो हावासँगै शीतलहर बढेकाले यस प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो।
शीतलहरले मानवजीवनसँगै गाईगोरु, खसीबाख्रा, भैंसीलगायतका घरपालुवा जनावर एवं पक्षीहरूलाई समेत गा–हो भएको छ। केही दिनदेखि घामको किरण देख्न नपाएको जनकपुरधाम उपमहानगरपालिका–२ का रामलखन दासले बताए। सन्ध्याकालदेखि बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो लाग्ने गरेकोमा बितेको दुई दिनदेखि साँझसम्म नै घाम देख्न पाइएको छैन।  
बाक्लो हुस्सुको कारणले सडकमा आवतजावत गर्ने सवारी चालकले बाटो देख्न सकेका छैनन्। शुक्रवार बिहान राजमार्ग क्षेत्रमा करीब २०–२५ मिटरको दूरीभन्दा टाढा हेर्न नसकेको बस चालक धु्रवनारायण चौधरीले बताए। यसो हुँदा  सडक दुर्घटना हुने खतरासमेत बढेको ट्रकचालक कृपानन्द यादवले बताएका छन्।  
बितेका वर्षहरूमा प्रायः पुस महीनाको शुरूदेखि कुहिरो लाग्ने गर्दथ्यो। तर यस वर्ष पुसको अन्तिमदेखि बाक्लो कुहिरो लागेको हनुमाननगर कङ्कालनी नगरपालिका–२ का वृद्ध गोसाईं मण्डलले बताए। चीसो तथा शीतलहरका कारण वृद्ध, वृद्धा र बालबालिकाहरू बिरामी पर्न थालेका छन्। यस साता श्वासप्रश्वास, आँखा, टाउको दुख्ने र पेटको बिरामीको सङ्ख्या निकै बढेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्