अटो र ईरिक्शाचालकद्वारा महानगर घेराउ

88

प्रस, वीरगंज, २ माघ/
महानगरमा अव्यवस्थितरूपले सञ्चालित ईरिक्शा तथा अटोरिक्शालाई  ट्राफिक प्रहरी कार्यालय, पर्साले कारबाई गरेपछि चालकहरू आन्दोलित भएका छन्।
ईरिक्शा र अटोचालकहरूले वीरगंज महानगरमा निर्बाधरूपमा सवारीसाधन चलाउन पाउनुपर्ने र प्रहरी ज्यादती रोक्नुपर्ने माग गर्दै महानगरपालिका घेराउ गरेका थिए। महानगरलाई वार्षिकरूपमा कर दिए पनि प्रहरीले ज्यादती गरेको भन्दै चालकहरूले आन्दोलन गर्ने चेतावनी दिए।
प्रहरीले ब्लुबूक र लाइसेन्स माग गर्दा उनीहरू आन्दोलित भएको मनपाका कर्मचारीको भनाइ छ।
ट्राफिक प्रहरी कार्यालय, पर्साले  यातायात कार्यालयले महानगरमा तोकेको १० वटा रूटमा केकति गाडी चलाउन सकिन्छ भन्ने खाका बनाएर अटोरिक्शा, ईरिक्शा सञ्चालकहरूलाई दिइसकेको जनाएको छ। तर उनीहरू आफूखुशी रूट परिवर्तन गरी सवारीसाधन चलाउने, आवश्यक कागजात र लाइसेन्स नबोक्ने गरेको कारण कारबाई शुरू गरिएको ट्राफिक प्रहरी निरीक्ष्Fक सुमन कार्कीले बताए।
प्रनि कार्कीका अनुसार व्यवस्थित वीरगंज बनाउन चौतर्फी दबाब आएको र सम्पूर्ण जनशक्ति प्रयोग गरेर जसरी भएपनि तोकिएको रूटमा नै सम्बन्धित गाडीलाई सञ्चालन गर्न दिने बताए। यातायात कार्यालयले निर्देशिका बनाउँदै रूटमा अनुसारको रङ्गको स्टिकर टाँसेर चलाउनुपर्ने प्रावधान रहे पनि चालकहरूले आफूखुशी स्टिकर नटाँस्ने, मनपरी भाडा असुल्ने, सडक छेक्ने गरी एकै ठाउँमा भीड लगाएपछि सडक अवरुद्ध हुँदा जनगुनासो बढेकोले कारबाई प्रक्रिया अगाडि बढाएको प्रनि कार्कीले बताए।
प्रनि कार्कीले हिजो बिहीवार २४ वटा अटो र ईरिक्शालाई कारबाई गरी जरिवाना तिराएको बताए। पक्राउ परेका चालकहरूसँग रूट परमिट, आवश्यक कागजात र लाइसेन्स नभएकोले कारबाई गरिण्एको उनले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्