रिलिफद्वारा पितृदेव आत्मशान्ति कार्यक्रम

111

प्रस, वीरगंज, १ माघ/
रिलिफ सोसाइटी अफ कमर्सले मकर सङ्क्रान्तिको अवसर पारेर बिहीवार पितृदेव आत्मशान्ति कार्यक्रम सम्पन्न गरेको छ। वीरगंज–१० स्थित रिलिफ सोसाइटी भवनमा कार्यक्रम सम्पन्न भएको हो।
रिलिफका अध्यक्ष अशोक लाठको संयोजकत्वमा भएको कार्यक्रममा रिलिफ परिवारका पूर्वजहरूको स्मृति तथा पितृदेवको आत्मशान्तिका लागि पूजापाठ गरिएको थियो। सो अवसरमा आचार्य सतेन्द्र मिश्रले गीता पाठ गरेका थिए।        
कार्यक्रममा विभिन्न मठमन्दिरका आमन्त्रित गुरु, पुरोहित, पुजारी, पण्डित, योगी, साधु–सन्तसमेत ५३ जनालाई कम्बल र धार्मिक पुस्तक प्रदान गर्नुका साथै प्रसाद वितरण गरिएको थियो। उनीहरूलाई समाजसेवी पशुपति विक्रम शाह र उषा शाहले दक्षिणा हस्तान्तरण गरेका थिए।
पितृदेव आत्मशान्ति कार्यक्रममा योगेन्द्रप्रसाद यादव, नीरज अग्रवाल, नारायण रूँगटा, विजयकुमार गुप्ता, ज्योति क्याल, अनिलकुमार मोदी, आनन्दकुमार वैद्य, राजेशकुमार सरावगीलगायत रिलिफका पदाधिकारीहरूले रिलिफ परिवारका सदस्यहरूका पूर्वज एवं पितृदेवको आत्माको शान्तिको प्रार्थना गर्दै सन्ततिलाई आशीर्वाद प्राप्तिको कामना गरेका थिए। कार्यक्रमको सहजीकरण अर्पण थापा, बृजकिशोर वर्मा, नागेश्वर पण्डित र जगतनारायणले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्