मुसहरी र लिपनी फाइनलमा

81

प्रस, परवानीपुर, १ माघ/
परवानीपुर गाउँपालिका–५ द्वारा आयोजित वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा लिपनी गाउँ र मुसहरी भिड्ने भएका छन्। बिहीवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मुसहरीले बिर्ता चैनपुरलाई ९ रनअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मुसहरीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १०२ रन बनाएको थियो। प्रतिउत्तरमा १०३ रनको विजयी लक्ष्य बोकेर मैदानमा उत्रेको बिर्ता चैनपुर १७ ओभरमा सबै विकेट गुमाएर ९३ रनमा सीमित भएपछि मुसहरी फाइनलमा प्रवेश पाएको हो। यसअघि हिजो बुधवार भएको पहिलो सेमिफाइनलमा लिपनी गाउँ बहुअरीलाई पराजित गरी फाइनलमा पुगेको थियो।
हिजो साँझ सम्पन्न पहिलो सेमिफाइनलमा बहुअरी टिमलाई ५४ रनले पराजित गर्दै लिपनी फाइनलमा प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको लिपनीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो। प्रतिउत्तरमा उत्रेको बहुअरी टिम १३ ओभरमा सबै विकेट गुमाएर ६७ रनमा सीमित भयो। प्रतियोगिताको फाइनल शनिवार हुने बताइएको छ। क्रिकेट प्रतियोगितामा परवानीपुर गापाको ५ वटा वडाका ८ वटा टिम सहभागी थिए। गापाभित्रका उत्कृष्ट खेलाडी छनोटका लागि गापास्तरीय प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष गजेन्द्र पटेलले बताए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्