पर्सागढीमा हाफ म्याराथुन प्रतियोगिता सम्पन्न

107

प्रस, पर्सागढी, १ माघ/
पर्सागढी नगरपालिकाको आर्थिक सहयोगमा जागृति युवा क्लब पकडिया बढनिहारको आयोजना तथा जिल्ला एथलेटिक्स सङ्घ पर्साको संयोजनमा बिहीवार पर्सागढी हाफ म्याराथुन भएको  थियो। पुरुषतर्फको २१ किलोमिटर हाफ म्याराथुनमा खगेन्द्रबहादुर भाट प्रथम, अजितकुमार यादव द्वितीय र ज्ञानप्रसाद भट्टराई तृतीय भए। प्रथम, द्वितीय र तृतीय भएका खेलाडीलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद, शिल्ड र मेडलबाट पुरस्कृत गरिएको थियो।
यसैगरी, महिलातर्फ कान्छीमाया कोजु प्रथम, बिन्दा श्रेष्ठ द्वितीय र सञ्जीता विक तृतीय भएका थिए। उनीहरूलाई पनि नगद, शिल्ड र मेडल प्रदान गरिएको थियो। यसैगरी, विद्यार्थीहरूको लागि पाँच किलोमिटरको छात्र दौड प्रतियोगितामा किरण लिम्बु प्रथम, विकाश पोखरेल द्वितीय र विजय चापागाईं तृतीय भएका थिए। उनीहरूलाई  क्रमशः ५ हजार, ३ हजार र २ हजार नगदका साथै शिल्ड, मेडल प्रदान गरिएको थियो। यसैगरी, छात्रातर्फको दौडमा सरस्वती बोहरा प्रथम, अञ्जु खड्का द्वितीय र दशौं नम्बरसम्म हुने खेलाडीहरूलाई नगद, शिल्ड र मेडल प्रदान गरिएको थियो। क्लबका अध्यक्ष रविशङ्कर चौधरीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादव, नेपाल एथलेटिक्स सङ्घका महासचिव धनवीर चौधरी, केन्द्रीय सदस्य मोहनबहादुर, प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ, वडाध्यक्ष वेदमन दास थारू, नेकपा पर्सागढीका नगर संयोजक गोकर्ण पाठक, नेता अच्छेलाल यादवलगायत सहभागी थिए। कार्यक्रममा स्वागत व्यवस्थापक रामप्रीत चौधरीले गरेका थिए।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्